नेपालको जलविद्युत् विकास: चुनौती, विपद् जोखिम र अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुपर्ने पाठ

मेचीकाली संवाददाता

२५ भाद्र २०८३, बिहीबार
1 shares

ई.थानेश्वर पोखरेल

बगिरहेको पानीको अथाह शक्तिलाई बिजुलीमा बदल्ने कला नै जलविद्युत् हो । यो मानव सभ्यताले प्रयोग गरेको सबैभन्दा पुरानो, सबैभन्दा सफा र नवीकरणीय ऊर्जा हो, जहाँ एक थोपा इन्धन पनि बाल्नु पर्दैन, धुवाँ पनि निस्कँदैन । यसमा प्रकृतिले दिएको पानीको स्थिर ऊर्जालाई चार चरणको यात्राबाट स्वच्छ, उज्यालो बिजुलीमा रूपान्तरण गरिन्छ ।

नेपाल जलविद्युत्को अपार सम्भावना बोकेको देश हो । करिब ८३,००० मेगावाट सैद्धान्तिक क्षमता र झन्डै ४२,००० मेगावाट आर्थिक रूपमा सम्भाव्य क्षमता रहेको अनुमान गरिए पनि हालसम्म हामीले करिब ३,५०० मेगावाट विद्युत् मात्र उत्पादन गर्न सकेका छौँ । यसले नेपालको जलविद्युत् क्षेत्रमा रहेको विशाल सम्भावना र त्यसको तुलनामा भएको न्यून उपयोगबिचको ठुलो अन्तरलाई स्पष्ट देखाउँछ ।

जलविद्युतको कार्य प्रणाली

तर, जलविद्युत् विकाससँगै यसको जोखिम र दिगोपनको प्रश्न पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । सन् २०१५ को विनाशकारी भूकम्प, हरेक वर्ष दोहोरिने बाढी तथा पहिरो र पछिल्ला वर्षहरूमा देखिएका हिमताल विस्फोट जस्ता प्राकृतिक विपद्का घटनाले नेपालका जलविद्युत् आयोजना कति संवेदनशील र जोखिमयुक्त अवस्थामा छन् भन्ने देखाएका छन् । यस्ता विपद्ले आयोजना संरचनामा क्षति पु¥याउनुका साथै विद्युत् उत्पादन, प्रसारण प्रणाली, पहुँचमार्ग र समग्र ऊर्जा आपूर्तिमै गम्भीर असर पार्न सक्छन् ।

त्यसैले अब जलविद्युत् विकासलाई केवल ‘कति मेगावाट उत्पादन गर्ने’ भन्ने दृष्टिकोणबाट मात्र हेर्नु पर्याप्त हुँदैन । आयोजनाको जलवायु तथा विपद् प्रतिरोधात्मक क्षमता, सुरक्षित पूर्वाधार, जोखिम न्यूनीकरण र विपद्पछिको शीघ्र पुनर्निर्माणलाई पनि विकासको अभिन्न अंग बनाउन आवश्यक छ । यस सन्दर्भमा विश्वका विभिन्न देशहरूले भूकम्प, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्पछि आफ्ना ऊर्जा पूर्वाधारलाई कसरी पुनस्र्थापना र पुनर्निर्माण गरे भन्ने अनुभव नेपालका लागि अत्यन्तै महत्वपूर्ण सिकाइ बन्न सक्छ ।

विश्वका सफल अभ्यासबाट सिक्दै नेपालले आफ्ना जलविद्युत् आयोजनालाई ‘निर्माण गरेर सञ्चालन गर्ने’ मात्र होइन,‘विपद् आए पनि टिक्ने र छिटो पुनः सञ्चालनमा ल्याउन सकिने’ पूर्वाधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता आज अझ स्पष्ट भएको छ । विश्वव्यापी ऊर्जा परिदृश्यलाई नियाल्दा आज नवीकरणीय ऊर्जा विश्व समुदायको प्राथमिक रोजाइको स्रोतका रूपमा स्थापित हुँदै गएको छ । जलवायु परिवर्तन, ऊर्जा सुरक्षाको आवश्यकता र दिगो आर्थिक विकासको लक्ष्यसँगै स्वच्छ तथा नवीकरणीय ऊर्जाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो अवस्थामा नेपालजस्तो प्राकृतिक स्रोतले सम्पन्न विकासोन्मुख देशका लागि नवीकरणीय ऊर्जाको विकास गर्नु केवल आन्तरिक ऊर्जा आवश्यकता पूरा गर्ने माध्यम मात्र होइन, विश्व ऊर्जा बजारमा आफ्नो पहिचान र प्रतिष्ठा स्थापित गर्ने महत्वपूर्ण अवसर पनि हो ।

हालैको फ्ल्यास बाढीको उद्गम स्थलको सम्भावित दृश्य

नेपालको जलविद्युत् क्षेत्रमा रहेको विशाल सम्भावनालाई व्यवस्थित र दीर्घकालीन योजनाका साथ उपयोग गर्न सके यसले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । जलविद्युत् आयोजनाहरूको विकासले निर्माण तथा सञ्चालनका क्रममा ठूलो संख्यामा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ । अझ महत्वपूर्ण कुरा, विद्युत् उत्पादन र निर्यातमार्फत दीर्घकालीन रूपमा राष्ट्रका लागि दिगो, स्थिर र भरपर्दो आम्दानीको स्रोत निर्माण गर्न सकिन्छ ।

त्यसैले सरकारले जलविद्युत् तथा समग्र नवीकरणीय ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर यसको विकासका लागि नीतिगत, कानुनी र पूर्वाधारगत वातावरण निर्माण गर्नु अत्यन्तै सकारात्मक र दूरदर्शी कदम हो । आज खाडी मुलुकहरूले पेट्रोलियम पदार्थको निर्यातलाई आफ्नो अर्थतन्त्रको प्रमुख आधार बनाएका छन् । त्यसैगरी, नेपालको जलसम्पदालाई आर्थिक समृद्धिको आधार बनाउँदै जलविद्युत्लाई दीर्घकालीन राष्ट्रिय आम्दानीको प्रमुख स्रोतका रूपमा विकास गर्न सकिन्छ ।

यद्यपि, नेपालको जलविद्युत् विकासमा देखिएको प्रमुख चुनौतीमध्ये एउटा पुँजी व्यवस्थापन हो । ठुला जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक पर्ने ठुलो लगानी जुटाउनु चुनौतीपूर्ण देखिए पनि मेरो विचारमा नियत स्पष्ट, नीति स्थिर र लगानीको प्रतिफल सुनिश्चित हुने वातावरण निर्माण गर्न सकियो भने पुँजी जुटाउनु असम्भव विषय होइन ।

नेपालले आफ्नो भविष्यको विद्युत् बजारलाई केन्द्रमा राखेर लगानीको रणनीति बनाउन आवश्यक छ । विशेषगरी भारत र बंगलादेशसँग विकसित हुँदै गएका द्विपक्षीय तथा क्षेत्रीय ऊर्जा व्यापारका सम्भावनालाई आधार बनाएर जलविद्युत् आयोजनाहरूलाई लगानीयोग्य परियोजनाका रूपमा प्रस्तुत गर्न सकिन्छ । यसका लागि प्रवद्र्धक सेयर, संस्थागत लगानी, स्वदेशी तथा वैदेशिक निजी लगानी र राष्ट्रिय–अन्तर्राष्ट्रिय वित्तीय स्रोतलाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

यदि हामीले आज सही नीति, पारदर्शी कार्यप्रणाली र दीर्घकालीन सोचका साथ जलविद्युत् विकासमा लगानी गर्न सक्यौं भने नेपालको पानी केवल नदी भएर बग्ने प्राकृतिक स्रोतमा सीमित रहने छैन; यही पानी भविष्यमा नेपालको आर्थिक समृद्धि, ऊर्जा सुरक्षा र राष्ट्रिय आयको बलियो आधार बन्न सक्छ ।
नेपालको विगतको विपद् जोखिमलाई ध्यानमा राख्दा सञ्चालन चरणमा सुरक्षात्मक सावधानी अपनाउनु अर्को महत्वपूर्ण पक्ष हो । आयोजना सञ्चालन चरण दीर्घकालीन हुने भएकाले यस अवधिमा कार्यरत जनशक्तिको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै भूमिगत विद्युत् गृहबाट सबैभन्दा नजिक र सुरक्षित निकास बिन्दु पहिचान गरी छुट्टै आपत्कालीन निकास सिँढी निर्माण गर्नुपर्छ । उक्त संरचना ८ रेक्टर स्केलसम्मको भूकम्पीय कम्पन प्रतिरोध गर्न सक्ने गरी डिजाइन तथा निर्माण गरिनुपर्छ, ताकि भूकम्प वा अन्य आकस्मिक विपद्का समयमा जनशक्तिलाई सुरक्षित र शीघ्र रूपमा बाहिर निकाल्न सकियोस् ।

अनुगमन तथा पूर्व–सूचना प्रणाली

विपद्पछि नेपालको माटो सुहाउँदो सफल उदाहरण
सन् २००५ मा ठुलो प्राकृतिक विपद् भोगेको र नेपालको जस्तै पहाडी भूगोल भएको मुलुक स्विट्जरल्याण्डले सफलतापूर्वक कार्यान्वयन गरेका विपद् रोकथामका तीन प्रमुख उपायहरूलाई एआइ तस्बिरहरूको प्रयोगसहित तल प्रस्तुत गरिएको छ ।

–२४÷७ अनुगमन तथा पूर्व–सूचना प्रणाली; बरफको परिमाण र तालको विस्तारसम्बन्धी दैनिक तथ्यांक उपलब्ध गराउने स्याटेलाइट अनुगमन, ड्रोन, जमिनमा जडान गरिएका सेन्सर र मौसम मापन केन्द्रहरूको संयोजन ।
–ताल फुट्ने घटनाको केही हप्ता वा २० घण्टा अगाडि नै पूर्वानुमान गर्न सक्ने पूर्ण स्वचालित प्रणाली; यसमा सबै तथ्यांक स्याटेलाइटमार्फत प्रसारण गरिन्छ ।

–अलर्टस्विस् एप, साइरन र व्यवस्थित सुरक्षित स्थानमा स्थानान्तरण (इभ्याकुएसन) सम्बन्धी कार्यविधिमार्फत सर्वसाधारणलाई सचेत गराउने व्यवस्था ।
प्रविधि + तथ्यांक + पूर्वसूचना + सामुदायिक पूर्वतयारी = जलवायु उत्थानशीलता
–इन्जिनियरिङ नियन्त्रण–तालको जलसतह घटाउने तथा अवरोध संरचनाहरू; हिम नदीमैः खतरनाक हिमनदी ताल फुट्नुअघि त्यसको सतह कृत्रिम रूपमा घटाउन निकास सुरुङहरू खनिन्छन् वा साइफन पम्पहरू जडान गरिन्छन् । उदाहरणका लागि, गोर्नर ताल र ट्रिफ्ट ताल परियोजनाहरू ।
बाँध मुनिः तिनीहरूले बरफ, चट्टान र पानीलाई फसाउन रिटेन्सन बेसिनहरू, भग्नावशेष बाँधहरू (जम्मा गर्नेहरू सम्म) र नियन्त्रित पानी च्यानल/ स्पिलवेहरू निर्माण गर्छन् । मे २०२५ ब्ल्याटन केसमा, तिनीहरूले लोन्जा नदीको लागि आपतकालीन क्याच बेसिनको रूपमा काम गर्न फर्डेन जलाशयलाई पहिले नै तलतिर खाली गरे ।

–निष्क्रिय उपायहरू–भू–उपयोग क्षेत्र विभाजन तथा जोखिम व्यवस्थापन); खतरनाक क्षेत्रहरूको कडाईका साथ बेवास्ता–रातो जोखिम नक्सा जहाँ कुनै नयाँ निर्माणको अनुमति छैन ।
– सार्वजनिक शिक्षा र जागरूकता – रान्डा, ब्लाटेन जस्ता समुदायहरू पूर्व–नियोजित निकासी मार्गहरू र आपतकालीन किटहरूसँग बस्छन् ।
– यसलाई गेफारेनकार्टे भनिन्छ – प्रत्येक नगरपालिकाको लागि जोखिम नक्सांकन अनिवार्य छ ।

विपद् पछिको पुनर्निर्माणका अन्तर्राष्ट्रिय असल अभ्यासका नमुना र जलविद्युत् आयोजनाका लागि सिक्नुपर्ने पाठ