बुटवलमा जैविक कृषि उपज संकलन केन्द्र स्थापना

मेचीकाली संवाददाता

२२ आश्विन २०७८, शुक्रबार
782 shares

बुटवल । बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रबद्धित जैविक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका– १५ मा रहेको उक्त केन्द्रको प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।

उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरि यो केन्द्र स्थापना गरिएको हो । प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिव १७ लाख लगानी भएको छ ।

यहाँ सफटवेयरबाट कार्यक्रम सन्चालन हुने छ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोवाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ । यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३०० केजि तरकारि बर्षमा दिन पर्ने ब्यक्तिगतको हकमा समुहको हकमा भने दश हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ ।

सामान्यतया स्थानिय स्तरमा उत्पादित तरकारि मसला र फलफुल वालिहरु स्थानिय स्तरमा संकलन गरि उचित वजार व्यवस्थापन गरि साना कृषकलाई प्रत्यक्ष राहत दिने गरि यो अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानि अनुदान जस्ता अनुदानका र प्रोत्साहन अनुदान कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ ।

वालिपात्रो अनुसार तरकारि लगाउने, बालि उत्पादनको आगृम सम्झौता गर्ने, माटो उपचार बीउ राग किरा व्यवस्थापन बिरुवा उत्पादन जस्ता कार्य समेत गर्ने छ । हरेक दिन विहान ७–९ र बेलुका ३–५ बजेसम्म हाल तरकारि संकलन हुने अध्यक्ष मालिले जानकारी दिए ।