शुद्वोधन सहकारीको नव निर्मित भवनमा गृह प्रवेश

मेचीकाली संवाददाता

२२ आश्विन २०७८, शुक्रबार
772 shares


तुलसीराम पौडेल
अमवा, असोज २१

रुपन्देहीको सियारी गाउपालिका स्थित शुद्दोधन बचत तथा ॠण सहकारी सस्थाले बिहिवार देखि आफ्नै भवनबाट सेवा सुचारु गरेको छ।घटस्थापनाको अवसर पारेर शुद्दोधन बचत तथा ॠण सहकारी सस्थाले विधिवत पुजा गरि नव निर्मित भवनमा गृह प्रवेश गरेको हो।स्थापना कालको १४ औ वर्षमा आफ्नै भवनबाट सेवा सुचारु गर्न शुद्दोधन सहकारी सफल भएको छ।ब१४ वर्ष अघि सानो कोठा भाडामा लिएर संचालकन भएको सहकारीले अहिले आफ्नै ५ कट्टा १२ धुर जग्गामा भवन बनाइ सेवा सुचारू भएको हो। नव निर्मित भवन गृह प्रवेश कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी , सहकारीका अध्यक्ष झपेन्द्रराज अर्याल , सस्थापक अध्यक्ष अजय अधिकारी, सस्थाका उपाध्यक्ष रामपाल यादव ,कोषाध्यक्ष कृष्ण नेपाल, ,ब्यवस्थापक सुमन घिमिरे लगायत सहकारी पदाधिकारीहरुको सहभागिता रहेकोे थियोे ।