टिभिएसको अचम्मै को डेल एक्सचेन्ज बुटवलमा सुरू

मेचीकाली संवाददाता

११ मंसिर २०८३, बिहीबार
3 shares

बुटवल, मंसिर १० । टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैका को डेल एक्सचेन्ज अफर बुटवलमा सुरु भएको छ । बालाजी अटोमोबाइल बुटवलको आयोजनामा बिहीबारदेखि सुरु भएको एक्सचेन्ज अफल मंसिर १४ गतेसम्म एसियन पार्टी प्यालेस इटटा भटटीमा चल्नेछ । अचम्मैको डेल मा पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ । कम्पनीले ग्राहकलाई आकर्षित गर्न विभिन्न सुविधा सार्वजनिक गरेको छ ।
आयोजकका अनुसार मेलामा पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन, खरिद मूल्यको शतप्रतिशतसम्म क्यास ब्याक, १० लाख रुपैयाँसम्म नगद छुट तथा गोल्डेन की जित्ने अवसर उपलब्ध गराइनेछ शोरुमका म्यानेजर शिव पौडेलले जानकारी दिए । त्यसैगरी, नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकले पाँच वर्षसम्म निः शुल्क सर्भिसिङ सुविधा पाउनेछन । टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सकिने मेलाले ग्राहकलाई नयाँ सवारीसाधन छनोट गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।