पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी खुल्यो

मेचीकाली संवाददाता

२९ कार्तिक २०७८, सोमबार
454 shares

बुटवल । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।

पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङ्गासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।

दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए । पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।