चामुण्डा कृषि सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१८ मंसिर २०७८, शनिबार
512 shares

तुलसीराम पौडेल
फर्साटिकर । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सौ फर्साटिकर स्थित चामुण्डा कृषि सहकारी सस्थाको छैटौं वार्षिक साधारणसभा हालै सम्पन्न भयो ।
शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नम्बर–४का वडा अध्यक्ष राजेन्द्र कंडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले सहकारीले व्यावसायीमुखी कार्यक्रमलाई जोड दिनुपर्ने बताए । साधारणसभामा ७० वर्ष पुगेका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष शेरबहादुर काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष हुमराज ढकालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक रामजी पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष शेरबहादुर काफ्लेको अध्यक्षता, शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नम्बर–४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सोमनाथ शर्मा, असल बचत तथा ऋण सहकारीका अध्यक्ष बालकृष्ण पराजुलीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सस्थाका उपाध्यक्ष ओम बहादुर फौदारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचीव लेख बहादुर खत्रीले गरेका थिए ।