आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटियो एसएसपी यादवको शव

मेचीकाली संवाददाता

९ पुष २०७८, शुक्रबार
415 shares

बुटवल ।  रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार बिहान आफु सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन। गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरि कोठाभित्र पसेको र लामो समय सम्म नफर्किएपछी हेर्दा झुन्डिएको अवस्थामा भेटिएका हुन्। यादवको परिवारका सदस्य आएपछी मात्रै उनको कोठा खोलिने प्रहरीले जनाएको छ ।