बसन्त पन्चमीको अवसरमा सियारीमा अस्पतालको शिलान्यास

मेचीकाली संवाददाता

२४ माघ २०७८, सोमबार
461 shares


तुलसीराम पौडेल —
सियारी, माघ २४
वसन्त पन्चमीको अवसरमा सियारी गाउपालिका -४ छपियामा १५ बेडको अस्पतालको शिलान्यास भएको छ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आइतबार उक्त अस्पतालको शिलान्यास गर्नु भएको थियो । प्रत्येक गाउपालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति अनुरुप सियारी गाउपालिकामा स्वीकृत भएपछि अस्पतालको शिलान्यास गरिएको गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले बताउनु भयो ।अस्पताल निर्माणको लागि २७ करोड इस्टिमेट गरिएको भएपनी २३ करोडमा टेण्डर भएको अध्यक्ष अयोध्याले बताउनु भयो । उक्त अस्पताल निर्माणको लागि केन्द्रिय सरकारबाट १८ करोड ६ लाख विनियोजन भएको र बाकी रकम गाउपालिकाले व्यवस्थापन गर्ने गाउपालिका अध्यक्ष अयोध्या थारुको भनाइ थियोे । अस्पताल २१७ फुट लम्बाइ १०७ फुट चौडाइ भएको भवनको हुने उहाले बताउनु भयो ।
अस्पताल शिलान्यास कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ , प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई , लेखा शाखा प्रमुख नारायण पौडेल , गाउपालिका कार्यालय विभिन्न शाखा प्रमुखहरु , स्वास्थ्य शाखाका कर्मचारीहरु , वडा अध्यक्षहरु ,वडा सदस्यहरु ,समाजसेवी , विद्यार्थी , स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति थियोे ।