महाकवि नमूना माविको अध्यक्षमा ज्ञानहरि अर्याल

मेचीकाली संवाददाता

२६ माघ २०७८, बुधबार
459 shares


तुलसीराम पौडेल —
रुपन्देही ,माघ २६
लुम्बिनी प्रदेश पश्चिम् नवलपरासीको सुनवल नगरपालिका -४ स्थित महाकवि नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानहरि अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ।अध्यक्ष अर्याल लगातार तेस्रो पटक पनि अध्यक्षको जिम्मेवारी प्राप्त गर्न सफल हुनुभएको हो।अध्यक्ष अर्यालले महाकवी देवकोटा माविलाई नमूना माविको रूपमा स्थापित गर्न सफल हुनुभएको थियोे ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सीता बसेल , तुलसी कुवर,विजय कुमार कर्माचार्य , ,प्रतिभा कार्की र शंकर प्रसाद नाउ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि सुनवल -४ का वडा अध्यक्ष वीर बहादुर गुरुङ विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य रहनु भएको छ।
महाकवि नमूना माध्यमिक विद्यालय सुनवलमा कक्षा ११ र १२ तर्फ विज्ञान ,व्यवस्थापन ,कानुन ,मानविकी ,शिक्षा साथै प्राविधिक तर्फका विषयहरु पनि पढाइ हुदै आएको छ। महाकवि देवकोटा नमूना माविमा हाल २२ सय भन्दा बढी विद्यार्थीहरु अध्यन गरिरहेका छन् ।