इन्फिनिटी लघुवित्त बर्तुङ्गद्धारा व्यवसायिक बाख्रापालन तालिम सञ्चालन

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार
550 shares


नेत्र गैरे
फागुन । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड बर्तुङ्ग शाखाले आफ्ना समुह सदस्यहरुलाई एक दिने व्यवसायिक बाख्रापालन तालिम सञ्चालन गरेको छ ।
संस्थाका ३५ वटा समुहबाट सहभागी केन्द्र प्रमुख तथा सदस्यहरुका लागि तानसेनमा एक दिने व्यवसायिक बाख्रापालन तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाकी उप्रमुख लक्ष्मी देवी पाठकले तालिमले महिलाहरुलाई व्यवसायिक बन्न सहजहुने बताईन । उपप्रमुख पाठकले महिलाहरु पुरुष प्रति निर्भर रहनुपर्ने बाध्यता भएको भन्दै व्यवसायिक बन्न सके आत्मनिर्भर हुने बाटो खुल्लाहुने बताईन ।


संस्थाका जेटिए कृष्ण प्रसाद पौडेलले तालिममा खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाहगर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने,बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका लगायतका विषयमा सहजिकरण गरेका थिए ।
तलिममा शाखा प्रमुख जमुना देवी सार्कीले तालिमबाट छोटो समयमा धेरै कुराको ज्ञान पाएको बताईन । गरिरहेको व्यवसायलाई अझै आधुनिकिकरण गर्न तालिमले महत्वपूर्ण टेवा पुर्याएको उनको भनाई छ ।