मानवधर्म सेवासमिति द्वारा ५ दिने योग अभ्यास सुरु

मेचीकाली संवाददाता

७ असार २०७९, मंगलवार
931 shares


तुलसीराम पौडेल —
रुपन्देही ,आषाड ७
नेपाल मानव धर्म सेवा समिति बुटवलद्धारा आयोजना, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको बिशेष सहयोगमा असार ७ गते विश्व योग दिवसको उपलक्षमा ५ दिने योग शिविर बुटवलमा शुरुवात भएको छ ।
मानव धर्मको आश्रम परिसरमा सञ्चालन हुने शिविर बुटवल उप महानगरपालीका प्रमुख खेलराज पाण्डे, बुटवल–६ का अध्यक्ष लोकनाथ न्यौपाने , नेपाल मानव धर्म सेवा समितिका प्रमुख सन्त महात्मा अम्बिका बाईजी, महात्मा गोर्वधन बाईजी, महातमा मञ्जुला बाईजी, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका लुम्बिनी प्रदेश अध्यक्ष श्री अमुल्यमान थैव, नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष चोपनारायण बञ्जाडे तथा विश्व शान्ती अध्यात्मिक बिज्ञान समाज बुटवल नगर अध्यक्ष निरञ्जन पाण्डे, सचिव सृजना बस्याल एवम योग गुरु अर्जुन ज्ञवाली, बुटवल नगरका ब्यापारी थानेश्वर पौडेल को उपस्थितीमा एक कार्यक्रमका बिच उद्घाटन भएको थियो ।
आगामी शनीबार सम्म चल्ने योग अभ्यास कार्यक्रममा पहिलो दिन ६३ जनाले योग अभ्यासको लाभ लिनुभएको थियो ।