स्रोत नखुलेको १३ लाख रुपैयाँसहित एकजना पक्राउ

मेचीकाली संवाददाता

३० आश्विन २०७९, आईतवार
296 shares

कपिलवस्तु । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको १३ लाख ८ सय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय कृष्णनगरबाट प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलिले उक्त रकम बरामद गरेको हो ।

कृष्णनगर–चन्द्रौटा सडकखण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ आउँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

प्युठान नगरपालिका–८ मानागाँउका ३४ वर्षिय शुशिलबहादुर पुन मगरले चलाएको बसको अगाडिको बोनटको भागमा भारतीय पत्रिकाले बेरिएको अवस्थामा नेपाली रुपैयाँ फेला परेको डिएसपी घलेले बताए । चालक पुनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।