ई–रिक्सा छिटो व्यवस्थापन गर्न उपमहानगरपालिकालाई आग्रह

मेचीकाली संवाददाता

२ कार्तिक २०७९, बुधबार
413 shares

बुटवल, कार्तिक २ । हरियाली यातायात प्रालि बुटवल–९ को चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले ई–रिक्सा व्यवस्थापनमा केही ढिलाई भए पनि अब नगरपालिकाले तदारुपता दिने बताए । उनले बुटवललाई स्वच्छ र सुन्दर बनाउने दायित्व सबैको रहेको बताए ।

हरियाली यातायातका अध्यक्ष कृष्ण तिवारीको बुटवल उपमहानगरपालिकालाई छिटो ई रिक्सा ब्यबस्थापनको काम अगाडि बढाउन आग्रह गरे । उनले उपमहानगरपालिकाले इ रिक्सा ब्यसथापनमा ढिला सुस्तीले असहज वातावरण सृजना भएको तिवारीले गुनासो गरे । उपभोक्ता हित संरक्षण मन्च बुटवलका अध्यक्ष समुद्र जिसिले रातिको समयमा रिक्साले उपभोक्तालाई ठगेको बताए । बुटवल १ हजार ४४० रिक्सा सञ्चालन गर्ने नगरपालिकाले दर्ता गर्ने निणय गरेको छ ।

नेपाल अटोरिक्सा तथा ट्याम्पो चालक संघ बुटवलका अध्यक्ष लालमणी भन्डारी अटो रिक्सा चालकले रिक्सा ब्यबस्थापन नहुदा ठुलो समस्यामा परेको बताए । उनले नगरपालिकाले रिक्सा धेरै कर निधारण गरेको भन्दै तिर्न नसक्ने बताए ।

टेरा मोटसका सन्चालक ज्ञान प्रसाद बस्यालले रिक्सा बय्ब्सथापन नहुदा ब्यबसायी र मजदुर पीडित रहेको बताए । उनले नया बिक्री लाई बन्द गराएर अरु सबै लाई दर्ता गर्न आग्रह गरे । पश्चिम नेपाल बस ब्यबसायी प्रालीका प्रबन्ध निदेशक रामचन्द्र भुसाल राज्यको नितिको कारणले यातायात ब्यबसायी ठुलो मारमा परेका बताए ।

बुटवलले अब नया रिक्सा थेग्न नसक्ने बताए । प्रहरी बरिष्ठ नायब निरीक्षक शेषनारायण भारतीले रिक्सा दुर्घटना बढदो देखियकोले ट्राफिक नियम पालना गर्न आग्रह गरे । यातायात पुर्ब सचिव गोपाल रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सल्लाहकार ध्यानबहादुर राई लगायतले बोलेका थिए । यातायातका कोषाध्यक्ष यज्ञप्रसाद गैरको स्वागत र संचालन सचिव सुमन रायमाझीले गरेका थियो ।