गणपति बहुउद्देश्यीय सहकारीको २२ औ साधारण सभा

मेचीकाली संवाददाता

३ कार्तिक २०७९, बिहीबार
265 shares


तुलसीराम पौडेल —-
फर्साटिकर , कार्तिक ३
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित गणपति बहुउद्देश्यीय सहकारी सस्थाको २२ औ साधारण सभा सम्पन्न भयो । शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले एक कार्यक्रमका बीच साधारण सभाको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले सहकारीको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। साधारण सभाले आर्थिक वर्ष २०७८ / ०७९ को १३ करोड १८ लाख ४३ हजार २० पैसा बराबरको आय ब्यय पारित गरेको गरेको ।यस सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ३५ लाख ५६ हजार २ सय १८ रुपैयाँ २८ पैसा खुद नाफा गरेको छ।
साधारण सभामा सहकारीले शेयर सदस्यहरुको ८० बर्ष पुग्नु भएका बुबा आमाहरुलाई सम्मान गरिएको थियोे ।त्यस्तै ६५ बर्ष उमेर पुरा हुनुभएका शेयर सदस्यहरुलाई जेष्ठ शेयर सदस्य सम्मान गरिएको थियोे ।
सस्थाको आर्थिक कारोबार अन्तरगत ॠणिहरु मध्यबाट एक जना महिला ,१ जना पुरुषलाई असल ॠणिको रुपमा सम्मान गरिएको छ। साधारण सभामा कक्षा १२ मा 3.5GPA ,स्नातक तहमा 3.5 GPA वा प्रथम श्रेणी र स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याइ उत्तीर्ण हुने शेयर सदस्य सन्ततिलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो।त्यसै अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित हुने शेयर सदस्य जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियोे ।
संस्थाका अध्यक्ष शिवराम न्यौपानेको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका
प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष केशव अधिकारीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष शिवराम न्यौपानेद्वारा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष गोविन्द घिमिरेद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत र लेखा संयोजक लिला गिरिद्वारा लेखा प्रतिबेदन प्रस्तुत गरिएको थियोे ।
सस्थाकी संचालक समिति सदस्य णम कुमारी पङ्गेनिको स्वागत मन्तव्य तथा शेयर सदस्य एवं यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा सस्थाका सल्लाहकार दल बहादुर थापा ,जिल्ला सहकारी संघका कोषाध्यक्ष दामोदर पङ्गेनी ,कृषि विकास बैंक फर्साटिकर शाखाका प्रमुख यम प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।