एमालेले जित्नु भनेको राष्ट्रले जित्नु हो ः नेता गैरे

मेचीकाली संवाददाता

४ कार्तिक २०७९, शुक्रबार
357 shares


देशमा नागरिकता विधेयक जस्ता कामलाई गठबन्धन सरकारले सामान्य रुपमा लिनु मुलुककोलागि ठूलो भूल भएको नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले बताए । उनले राष्ट्रियताको सवालमा एमालेको जित भनेको राष्ट्रर्को हित हुने समेत बताए ।


मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्र्दभमा रैनादेवी छ्हरा २ सोमादी र ५ मुझुङको घर दैलो कार्यक्रममा नेता गैरेले एमालेको सरकारले तयार पारेका अधुरा काम सम्पन गर्ने र नयाँ कामको थालनीका लागि एमालेले जित्नु अनिवार्य रहेको बताए । उनले विचार विहीन ,सिद्धान्त रहित गठबन्धनले केवल पद जित्न कै लागि जनतालाई झुक्याउने योजना बनाएको आरोप लगाउदैं मतदातालाई विवेक प्रयोग गर्न अपील गरे ।


नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र न. २ प्रदेशसभा २ का उम्मेदवार ओम बहादुर घर्तीमगरले गठबन्धनले गाउँमा परेका योजना समेत कटौती गर्ने गरेको बताए । उनले जनताको गुनासोलाई आफु निर्वाचित भएपछि योजना निर्माण गरी समाधानको बाटो खोज्ने, रोकिएका योजना सुरु गर्ने उनको भनाई थियो ।
यस्तैगरी नेकपा एमालेको पाल्पा क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई बगनासकाली गाउँपालिका वडा नम्बर ३ को नायर क्षेत्रमा पुगको छन् । प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै भट्टराईले बगनासकाली लगायत समग्र पाल्पाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका खेल्ने बताए ।


उता नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले देशमा लामो संर्घषपछि प्राप्त परिर्वतनका लागि संस्थागत गर्न नेकपा एमालेलाई जिताउनुपर्ने बताएका छन् । उनले परिर्वतनलाई संस्थागत हुनबाट रोक्न देशी विदेशी शक्ति क्रियाशिल भएको र गठबन्धन सरकार त्यहि शक्तिको पछि लागेका कारण देश समस्या ग्रस्त बनेको समेत बताए ।
निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा १ का सदस्य पदका उममेदवार राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्रको विकासका लागि आफु पदमा हुँदा वा नहुँदा सधै क्रियाशील रहेको बताए ।
नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेका अनुसार मतदातासंग भेटघाटमा शुद्ध खानेपानी, स्तरीय सडक सञ्जाल र सहज विद्युत सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार खेमबहादुर सारुले माथागढीको विभिन्न वडामा पुगी मतदातासंग भेटघाट गर्दै विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गरेका छन् । उनले आगामी दिनमा जनताको जनप्रतिनिधिसंग कुनैखाले गुनासो नरहनेगरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।