गठबन्धन बचाउनु अहिलको आवश्यकताः देउवा

मेचीकाली संवाददाता

५ कार्तिक २०७९, शनिबार
398 shares

बुटवल । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको लागि सत्ता गठबन्धन बचाउन अपरिहार्य रहेको बताएका छन् । उनले गठबन्धनप्रति कुनै पनि बहानामा शंका, उपशंका नगर्न आग्रह गर्दै परिवर्तन र संविधान बचाउनको लागि ठूलो हृदयका साथ निर्वाचनमा लाग्न आग्रह गरे ।

सत्ता गठबन्धनले शुक्रवार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै देउवाले अहिलको गठबन्धन बचाउन आवश्यक रहेको बताए । ‘देश अहिले महत्वपूर्ण मोडमा उभिएको छ,’ सभापति देउवाले भने, ‘ठूलो लडाइँबाट ल्याएको संविधान, गणतन्त्र र संघीय व्यवस्थालाई सिध्याउने प्रयास भइरहेको छ । प्रतिगमनकारी शक्तिबाट अहिलको अवस्थालाई बचाउनुपर्छ । त्यसैले कही कतै भ्रम सिर्जना गर्न हुँदैन ।’

‘अहिले हाम्रो गठबन्धनबाट मलाई प्रधानमन्त्री बनाइएको हो’ सभापति देउवाले संवोधनका क्रममा भने, ‘गठबन्धनप्रति शंका गर्ने ठाउँ दिनुहुँदैन । नेपालमा परिर्वतन बचाउन पनि गठबन्धन आवश्यक छ ।’ गठबन्धनको कारण सबैलाई उम्मेदवार बनाउन नसकेको बताउँदै देउवाले टिकट नपाएको भन्दैमा अहिलेको सिस्टम गुम्न दिन नहुने बताए । भोलि पनि गठबन्धनकै सरकार बन्ने बताउँदै एक भएर जान सबैलाई देउवाले आग्रह गरे ।

‘लालसलाम पनि हामी हौँ । जय नेपाल पनि हामी हौँ’, देउवाले भने, ‘उदार हृदयका साथ कांग्रेसले टिकट पाएको ठाउँमा माओवादीका साथीहरूले जिताउन लाग्नुहोस् । माओवादीले पाएको ठाउँ कांग्रेससहित सबै दल लाग्नुहोस् अन्य दलले पाएको ठाउँमा पनि सबै एक अर्काका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन परिवर्तन रक्षाधर र परिवर्तन उल्लटाउने शक्तिबीचको लडाइँ रहेको बताएका छन । त्यसको अन्तिम फैसला मंसिर ४ गतेको निर्वाचन रहेको बताए । अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

दाहालले एकअर्कोलाई मदत गर्दै धेरै मेहेनेतले बनेको गठबन्धन बनेको बताउँदै गठबन्धनको काधमा सविधानको रक्षा गर्दै आर्थिक समृद्धिको मिसनसहित देशलाई आर्थिक विकासतर्फ लैजाने बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच भएको अहिलेको एकता स्वभाविक रहेको बताए । विरोधीले गर्ने नानाभाती कुराको खण्डन गर्न आग्रह हो । अहिलेको गठबन्धन अग्रगामी हो । प्रतिगामीलाई पराजित गर्नुपर्ने बताउँदै चुनावी मैदानमा उत्रिन आग्रह गरे । संविधान क्षतविक्षत हुने थियो । संविधान मानिने थियो । संघीयतालाई अहिले रहने थिएन । हामीले देशलाई निकै ठूलो संकटबाट बचाएका छौँ । हामीले जोखिम नउठाएको भए । राजनीतिक अस्थिरता हुने थियो । अधिनायकवाद हामी हुने थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव जिते देश छाडेर हिँड्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले ओलीलाई हेर्दा नयाँ तानशाह र हिटलरको जन्म भएजस्तो लाग्ने बताउँदै उनीसँग होसियार हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘ओली सुध्रिनेवाला छैनन् । नयाँ तानाशाह र हिटलरको जन्म भएको जस्तो छ । होसियार रहनुहोस् । बहुमत ल्याए भने देश छोडेर भाग्नुपर्छ । उनीसँग प्रतिगामी शक्तिसँग साँठगाँठ छ । इतिहासको रक्षानमा फालिएको शक्तिसँग उनको साँठगाँठ छ’, उनले भने । अधिनायकवादीलाई रोक्न एकताबद्ध भएर लाग्न नेपालले कार्यकर्ताहरूलाई आग्रह गरे ।

गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले गठबन्धनको एकता देखेर प्रतिगमनकारी आतिएको आरोप लगाए । सत्तारुढ गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै गृहमन्त्री खाँणले सत्तारुढ गठबन्धनको एकता देखेर अत्तालिँदै प्रतिगमनकारीहरुले विभिन्न हतकण्ड अपनाउन थालेको बताउँद गठबन्धनलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । ‘सहमति, सहकार्य र एकताले नै ठूला परिवर्तन हुँदै आएका छन् । १२ बुँदै अहिलेसम्म आएको स्मरण गर्दै समृद्ध नेपाल बनाउन गठबन्धनको एकता भएको हो ।’

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रतिगठमनकारी शक्तिको विरुद्धमा अहिलेको गठबन्धन बनेको बताएका छन् । प्रतिगमनकारी शक्तिलाई मंसिरको चुनावबाट समाप्त पानुपर्ने बताए । सत्ता गठबन्धनको शुक्रबार आयोजित प्रशिक्षण भेलामा बोल्दै सबै गठबन्धनका दलले हृदयगमन गर्दै शसक्त रुपमा चुनावमा जान आग्रह गरे । सगठबन्धनको सहमतिलाई इमानदारितापूर्वक लागू गरेर संयुक्त प्यानललाई जिताएर देशमा नयाँ अवस्था सिर्जना गर्नुपर्ने बताए ।