समृद्धिको यात्रामा रुपन्देही र पाल्पाको सहकार्य आवश्यक: पौडेल

मेचीकाली संवाददाता

५ कार्तिक २०७९, शनिबार
249 shares


नेत्र गैरे
नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष बिष्णु पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने बताए । ५ दलीय सत्ता गठबन्धन आफै भुमरीमा अल्झिएको, आफुभित्रको अन्र्तबिरोध सम्हाल्न नसकेको अबस्था रहेकोले जनता समक्ष खुलेर मत माग्न नसकेको बताए ।


नेकपा एमाले रुपन्देही पाल्पा समाजको आयोजनामा संञ्चालित दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम तथा पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै नेता पौडयालले ठाकुर गैरे आन्दोलनबाट खारिएको संघर्षशिल योद्वा रहेको, राष्ट्रबादी, बिधार्थी आन्दोलनको नायक रहेका कारण भारी मतान्तरमा बिजय सुनिश्चित रहेको बताए । उनले विकास एक अर्को जिल्लासँग जोडिने हुँदा समृद्धिको यात्रामा रुपन्देही र पाल्पाको सहकार्य आवश्यक रहेको समेत बताए ।


नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठाकुर गैरेले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न सिङ्गो समाजलाई चलायमान गराउन नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए । अहिले नेपाल अमेरिका र चीनको द्वन्द्वको शिकार हुन लागेको, कालापानी, सुस्ता लगायतका क्षेत्रमा भारतीय हस्तक्षेप रहेकोले यस्तो खालको हस्तक्षेपलाई अन्त्य गर्न नेकपा एमालेको जीत आवश्यक रहेको बताए ।

अबको समयमा बुटवल तानसेनको सडक सुरक्षित बनाउने काम आफ्नो काँधमा आएको बताउँदै नेता गैरेले पाल्पाका खेतीयोग्य जमिनलाई व्यवसायिक र आधुनिकीकरण बनाउन, स्वास्थ्य बिमालाई जनचाहना अनुसार कार्यन्वयन गराउन संघ, प्रदेश र स्थानीय तहको एकिकृत योजना बनाई काम गरिने बताए ।


अहिले चुनावका बेला पैसा दिएर भोट किन्ने, पछि गाउँ फर्केर नपस्ने प्रथाको अन्त्य गर्न आफु जनताको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आस्था, बिचारका आधारमा एमालेले विभेद नगर्ने हुँदा असल व्यक्ति ठम्याई मतदान गर्न मतदाताहरुलाई आग्रह समेत गरे ।
पाल्पा क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार पर्शुराम भट्टराईले पाल्पामा कृषि क्षेत्रबाट उत्पादित वस्तुहरुको सहज बजारीकरण, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार तयार गर्न आफूहरु लागि पर्ने बताए ।


क्षेत्र नं. २ (२) का उम्मेदवार ओम बहादुर घर्ती मगर २०५४ सालदेखि कचल गा.वि.स.को अध्यक्षबाट जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएका छन् । उनले पाल्पाको ग्रामीण बस्तीमा हिउँद बर्षा सँधै यातायातलाई सुचारु गर्न, कृषि पर्यटनको विकास गर्न आफू लागि पर्ने बताए ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य कुल प्रसाद नेपालले राष्ट्रियताको आन्दोलनसँग जोडिएको नाम ठाकुर गैरेलाई जनताको महान अदालतबाट मंसिर ४ गते जनताले नै फैसला गर्ने र विजयी माला पहि¥याउने बताए ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले न्याय, समानता र परिवर्तनका लागि एमालेले एजेण्डा अघि बढाएको बताए । उनले रुपन्देही बसेका मतदाताहरुलाई समयमै आफ्नो मतदान क्षेत्रमा फर्कि प्रचार प्रसारमा लाग्न आग्रह गरे ।