राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइयो

मेचीकाली संवाददाता

६ कार्तिक २०७९, आईतवार
889 shares

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ७ स्थित गणेशपुर आयुर्वेदिक औषधालय बिजयनगर शाखाले धनवन्तरी दिवसको अवसर पारेर राष्ट्रिय आरोग्य दिवस मनाएको छ ।

उक्त कार्यक्रममा बिजयनगर गाउँ पालिकाका अध्यक्ष गोपालबहादुर थापा, वडा अध्यक्ष दिनेशकुमार चौधरी र वरिष्ठ कबिराज निरीक्षक बिमला चौधरीले संयुक्त रुपमा पुजा गरेका थिए ।

लौटन राम द्रौपदी देवी माबिका प्रधानाध्यापक श्याम प्रकाश चौधरी, पार्वती तिलक एकेडेमीका प्रधानाध्यापक प्रशुराम चौधरी, गणेशपुर स्वास्थ्य चौकीका प्रमुख गौतम राय, आयुर्वेद शाखाका कर्मचारी, लुम्बिनी दर्पण बिजय नगर इन्चार्ज दुर्गाप्रसाद काफ्ले, सहायक महिला विकास निरीक्षक, वडा अध्यक्ष, लगायतको उपस्थिती रहेको थियो ।