समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष बन्जाडे प्रेस चौतारीमै फर्किए

मेचीकाली संवाददाता

१४ कार्तिक २०७९, सोमबार
482 shares

बुटवल । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष एंव लुम्बिनी प्रदेश इन्चार्ज विकास बन्जाडे प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सोमबार बुटवलमा स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव भरत केसी, केन्द्रीय सचिव प्रदिप आचार्य, केन्द्रीय सदस्य अमृत गिरी, केन्द्रीय सदस्य मिलन गाहा लगायतको उपस्थिती रहेको थियो ।

विगत तीन दशकदेखि पत्रकारीता क्षेत्रमा सक्रिय बन्जाडे पूर्व प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए । अर्घाखाँचीको साविक मरेङ गाविसमा जन्मभई विद्यार्थी राजनीतिबाटै बामपन्थी बिचारधारा बोकेका बन्जाडे काठमाडौं अध्ययनपछि विगत २२ वर्षदेखि कपिलवस्तुबाट पत्रकारीता गर्दै आएका छन् ।