दीपावली सहकारीमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

१४ कार्तिक २०७९, सोमबार
325 shares

बुटवल । बुटवल–११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा चण्डीप्रसाद न्यौपाने, उपाध्यक्षमा हिमलाल न्यौपाने, सचिवमा माया बेल्वासे र कोषाध्यक्षमा डम्बर बहादुर थापा चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा केशरीलाल पंगेनी, किरण ढकाल, यादव सन्यासी सापकोटा, गंगा ज्ञवाली र दुर्गा थापा रहेका छन् । त्यस्तैगरी लेखा समितिको संयोजकमा भरत पाठक र सदस्यहरूमा विश्वबन्धु न्यौपाने र युवराज खनाल रहेका छन् । त्यस्तैगरी निर्वाचन मण्डल संयोजकमा जिबलाल बस्याल र सदस्यमा राज कुमार श्रेष्ठ र जानुका अर्याल रहेका थिए भने, सहजीकरणको भूमिका लोकराज शर्मा, कमल नेपाल, टीकाराम ढकाल, कल्पना पाण्डे र उजिला शाहीले निर्वाह गरेका थिए ।

सो अवसरमा ७५ वर्ष पूरा भएको जेष्ठ शेयर सदस्यहरु गंगाधर न्यौपाने, गुरु प्रसाद कोइराला, टेकनारायण अधिकारी, गोमता डुम्रे, लोक कुमारी पाण्डे, डिलाराम सापकोटा र रामचन्द्र ज्ञवालीलाई नगद सहित सम्मान गरिएको थियो । साथै प्लस टु मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका शेयर सदस्यका छोराछोरीमध्येबाट विष्णु कनौजे, निर्मला राउत क्षेत्री र सुजन खनाललाई सम्मान गरिएको थियो ।

आर्थिक जीवनस्तर उकास्न तथा समाजको आर्थिक उन्नतिमा सहयोग पु¥याउँदै सहकारी सिद्धान्तमा आधारित रही गतिशील, पारदर्शी, सबल एवं दिगो वित्तीय संस्था स्थापना गर्ने उद्देश्यका साथ २०६६ मा दीपावली सहकारी स्थापना भएको थियो । सहकारीमा शेयर सदस्यहरु १ हजार १६० छन ।