कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

मेचीकाली संवाददाता

१४ कार्तिक २०७९, सोमबार
319 shares

बुटवल । रूपन्देहीमा कारको ठक्करबाट ३५ दिनको शिशुसहित तीन जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।
सोमबार बिहान भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ओमसतिया गाउँपालिका ४ पननीमा स्थानियलाई ठक्कर दिदा एक शिशुसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मृत्यु हुनेमा ओमसतिया ४ पननीकै वर्ष १४ वर्षिया सिमा कुर्मी, २८ वर्षिया प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् । कारको ठक्करबाट शिशुकी आमा २४ वर्षिया बन्दना कुर्मी र २६ वर्षिया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

छठ घाट जाने क्रममा स्थानीयलाई कारले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित चालक पनि फरार रहेकाले खोजि भइरहेको प्रहरीले जनाएको छ ।