उद्योगी व्यवसायी राज्यका मेरुदन्ड हुन्ः बोहोरा

मेचीकाली संवाददाता

१४ कार्तिक २०७९, सोमबार
279 shares

भैरहवा । उद्योगि व्यवसायीको संरक्षण र प्रबद्र्धन विना देश समृद्ध नहुने पुर्वमन्त्री दिपक बोहोराले बताएका छन् । उनले राज्यले करका नाममा उद्योगि व्यवसायीलाई दबाब दिएर संकटग्रस्त बनाउने तथा बैकले जथाभावि ब्याजदर बढाउदा उद्योग व्यवसायी धरासायी बनाउने कार्य गलत भएको बताए ।

जसरि मानिसको शरिरमा मेरुदन्डले मुख्य काम गरेको छ । मेरुदन्डमा केही समसया भए मानिसले काम गर्न असहजता हुन्छ त्यसैगरि देश विकासमा र समृद्ध नेपालकोलागि मेरुदन्ड जस्तै उद्योग धन्दा रहेको बताए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बोहोराले बैंकहरुले आफुखुसि बढाएको ब्याजदर ततकाल सिङ्गल डिजिटमा नघटाए मुलुक आर्थिक संकटमा फस्ने पनि बताए । उनले वर्तमान सरकारको कारण नै धेरै उद्योग धन्दा संकटग्रस्त भएको समेत बताए । उद्यमि र ब्यवसायि रास्ट्रको गहना भएको बोहोराको तर्क थियो । उद्योगि ब्यवसायिको संरक्षण र प्रबद्धन विना देश समृद नहुने पुर्व मन्त्री दिपक बोहोराले बताएका छन् ।

निजि क्षेत्रका अगुवा एवम् उद्योगि व्यवसायीसँगको अन्तरक्रियामा बोल्दै बोहोराले राज्यले करका नाममा उद्योगि व्यवसायीलाई दबाब दिएर संकटग्रस्त बनाउने तथा बैकले जथाभावि ब्याजदर बढाउदा उद्योग व्यवसायी धरासायी बनाउने कार्य गलत भएको बताए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राप्रपाका बरिस्ठ नेता बोहोराले बैंकहरुले आफुखुसि बढाएको ब्याजदर ततकाल सिङ्गल डिजिटमा नघटाए मुलुक आर्थिक संकटमा फस्ने पनि बताए । उनले वर्तमान सरकारको कारण नै धेरै उद्योग धन्दा संकटग्रस्त भएको समेत बताए । उद्यमि र ब्यवसायि रास्ट्रको गहना भएको बोहोराको तर्क थियो ।

एमाले, राप्रपा र जसपाको नेतृत्वमा बन्ने सरकारले उद्योगि ब्यवसायिको हितमा काम गर्ने पनि बताए । उक्त कार्यक्रममा पुर्व गृहमन्त्री निरन्जन थापाले चोरि तस्करि रोक्न नसक्ने, उद्योगि ब्यवसायिलाई पुर्णसुरक्षा दिन नसक्ने वर्तमान गृहमन्त्री बालकृष्ण खाणको चर्काे आलोचना गरे ।
अर्थतन्त्र अफ्ठयारोमा परेमा देश संकटमा फस्ने बताउदै ब्यापारिहरुले भोट माग्न आउने बहालवाला गृहमन्त्रीलाई चोरि तस्करि रोक्न, जथाभावि बैकिङ ब्याजदर बढाउने बैकरहरुलाई कारबाहि गर्न माग गर्नुपर्ने बताए ।
जसपा नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्य उमेदवार महेन्द्र यादबले उद्योगि ब्यवसायिलाई झुठका पुलिन्दा बाड्नेहरु कहिल्यै राजनितिक चरित्रको नहुने बताए ।

आफु सधै उद्योगि ब्यवसायीको हितमा रहिरहने बताए । यादबले बैकले ब्यवसायि र उद्योगिको घाँटी थिच्दा समेत वहालवाला गृहमन्त्री चुईक्क नबोलेको भन्दै त्यस्ता ब्यक्तिलाई उद्योगि बयवसायिले मतदान गर्दा धेरैपटक सोच्नुपर्ने बताए । उनले प्रदेश सभा सदस्य पदका उमउम्मेदवार सन्तोष पान्डे बहुरुपि भएको समेत आरोप लगाए ।
कार्यक्रममा एमालेका नेता भरत कुमार पोखरेलले समस्यै समस्याको चाङबाट समाधान खोज्ने क्रममा हामिले आसन्न मंसिर ४ गतेको निर्वाचनको उपयोग गर्ने बताए । उनले दलहरु चुनाबमा छन, कर्मचारिहरु नेताको पछिपछि दौडिहरेका छन भन्दै २ खर्ब रकम बैकबाट बाहिरिएको बताउदै त्यसको खोजि गर्न नसक्ने सरकारका वर्तमान शक्तिशालि पदमा रहेका मन्त्रीले भविस्यमा के गर्लान भन्दै प्रश्न समेत सृजना गरे ।

उनले मंसिर ४ पछि बन्ने सरकारको प्रधानमन्त्री केपि ओलि र गृहमन्त्री दिपक बोहोरा हुनेगरि तीन पाटिबिच सहमति भएको समेत बताए । उनले भने, ‘म गोप्य कुरा भन्छु, मंसिर ४ पछि पाको, अनुभवि नेता गृहमन्त्री दिपक बोहोरा हुने सहमती छ । तपाईहरु बोहोरालाई जिताउनुस्, गृहमन्त्री एमालेले बनाउछ । अनि बल्ल थाहा हुन्छ खास गृहमन्त्री कस्तो हुन्छ भन्ने ?’

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले नेताहरु दुरदर्शि नहुदा गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलम ासमस्या सृजना भएको बताएका छन् । उनले भैरहवामा जतिसक्दो छिटो आईसिपि बनाउनुपर्ने बताए । बैङकिङ ब्याजदर तत्काल घटाउनु जरुरि रहेको बताए । देशमा आर्थिक शुसासन जरुरि रहेको त्यस अन्तरक्रियामा गोबिन्द रेग्मिले बताए । ट्रान्सपोर्ट ब्यवसायि रामकृष्ण लोहनिले विगतमा भएका गलती नदोहोराउने प्रतिबद्धता गरे मात्रै देशमा रहेका उद्योग ब्यवसायि समृद्ध हुने बताए । राजनितिक दलका नेताहरु कुर्चिको तछाडमछाडमा पर्दा मुलुकमा समस्या बढ्दै गएको ब्यवसायि नेत्रप्रसाद आचर्यले बताए ।
मदिरा व्यवसायिका अध्यक्ष केशबराज ज्ञवालीले ब्यापारिका समस्या कसैलाई सुनाउदा आखाका आशु झर्न थाल्छन यसैले धेरै काम होईन अबका नेताले राम्रो एउटा मात्रै काम गरे हुने बताए ।

होटल तथा रेस्टुरेन्ट ब्यवासयि संगठन रुपन्देही अध्यक्ष बिस्नु न्यौपाले विमानस्थल बन्यो भनेर अर्बाै लगानि गरेर होटलहरु निर्माण गरेता पनि ती सबै समस्याग्रसत अवस्थामा रहेको बताए ।
देशमा आर्थिक संकट शुरु भईसकेको सिद्धार्थ होटल ब्यवसायिका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए । उनले भने, ‘६ महिना पहिले ८ प्रतिशतमा दिएको ब्याज १८ प्रतिशतमा पुगाउने काम शोषणको हद हो ।’ उनले ब्यवसायिहरु आन्दोलनमा होमिएको बताउदै सरकारले उद्योगि ब्यवसायिको कुरा नसुनि चुनाब केन्दरित भईरहनु बिडम्बनापुर्ण भएको बताए ।
कार्यक्रममा उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालिले उद्योगी ब्यवासयीलाई धरासायि बनाउने सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।