समतामूलक समाज निर्माणमा एमाले प्रतिबद्ध छः श्रेष्ठ

मेचीकाली संवाददाता

१५ कार्तिक २०७९, मंगलवार
220 shares

बुटवल । नेकपा एमाले रुपन्देही– २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले समतामूलक समाज निर्माणमा एमाले प्रतिबद्ध रहेको बताएका छन् । श्रेष्ठले सबै जातजाति र भाषा संस्कृतिको सरक्षण गर्दै समातामूलक समाजमा आफूले काम गर्ने स्पष्ट पारे ।

बुटवलमा बृहत मुस्लिम भेलामा बोल्दै श्रेष्ठले भने, ‘जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’ श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगारी, मानव विकास, आर्थिक समृद्धिका पक्षमा नीति निर्माणको तहबाट नेकपा एमालेले पहरेदारी गरेको दावी गरे ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठले बुटवलको विकास आफूहरु सधै लागि पर्ने बताए । भेलालाई नेकपा एमालेको तर्फका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एजाज आलम, राप्रपाका केन्द्रीय सदस्य ईर्रस्याद आलम लगायतले सम्बोधन गरेका थिए ।