डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई निरन्तरता दिने

मेचीकाली संवाददाता

१५ कार्तिक २०७९, मंगलवार
255 shares

काठमाडौं । नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाडौंको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । झन्डै २० हजार शब्द रहेको घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणापत्र सार्वजनिक भएसँगै अहिले ओलीसँग लाइभ डिबेट सुरु भएको छ । यसअघि सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले संविधानको रक्षालाई मूल नारा बनाएर चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ

https://drive.google.com/file/d/12YwDz4AyLZM0ZNkhJ0C7FC4vi79kG1F0/preview