स्व. केसीको सम्झनामा श्रद्धाञ्जली सभा

मेचीकाली संवाददाता

१६ कार्तिक २०७९, बुधबार
360 shares

कपिलवस्तु । जय महाकाल युवा समुह वाणगंगा उपशाखा कपिलवस्तुका अध्यक्ष स्व. तोरबहादुर केसीको सम्झनामा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । भोकालाइ भोजन, प्यासीलाइ पानी भन्ने मुलनारा सहित गठन भएको समुहले बुधबार पाँचौँ दिनको पुण्य तिथिको अवसरमा स्व. केसीको निवास कोइली बनगाइमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

सो अवसरमा केन्द्रिय सदस्यसमेत रहेका प्रेम यादवले तस्बिरमा माल्यार्पण गर्दै शोकाकुल परिवार जनमा धैर्य गर्न अपिल सहित शोकसन्तब्ध परिवारजनमा सधैँ सहयोग रहने प्रतिबद्धता जनाए । साथै समुहले स्व. केसीको परिवारलाई १० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

सहयोग ग्रहण गर्दै दाजु यमबहादुर केसीले समूहले गरेको उदारणीय कामको प्रशंसा गरे । कार्यक्रममा उपशाखा उपाध्यक्ष जानका पोख्रेलको अध्यक्षता, संयोजक भोलाराज पौडेलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य सीता गौतम, सैनामैना उपशाखाका अध्यक्ष जमुना आचार्य, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन उपशाखाका कोषाध्यक्ष रामबहादुर गन्धर्वले गरेका थिए ।