शाइन रेसुङ्गा बैंकद्धारा खानेपानीको मुहानमा वृक्षरोपण

मेचीकाली संवाददाता

१९ कार्तिक २०७९, शनिबार
474 shares

बुटवल । सुनवल नगरपालिका वडा नम्बर ११ स्थित रामनगर बृहत खानेपानी तथा सरसफाई आयोजनाको पानी टंकी तथा मुहानमा वृक्षरोपण गरिएको छ ।

आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शाखा कार्यालय सुनवल, खैरेनी, भुमही परासी, बडेरा, जीमिरेभार शाखाले संयुक्त वृक्षरोपण गरेका हुन् ।

विभिन्नप्रजातीका एक हजार पाँच बोटहरू रोपेको परासी क्लस्टर प्रमुख भागिरथ न्यौपानेले जानकारी दिए । स्वच्छ वातावरण र पानीको मुल संरक्षणको लागि बैंकले वार्षिक उत्सवको अवसरमा वृक्षरोपण गरेको न्यौपानेले बताए ।

सो वृक्षरोपण कार्यक्रममा लायन्स क्लब अफ नवलपरासी रामनगर र लिओ क्लब अफ रामनगरको पनि सहभागिता रहेको थियो । वृक्षरोपणबाट यस क्षेत्रका नागरिकले भविश्यमा स्वच्छ हावा एवं पानी पाउनुको साथै वातावरण पनि सुन्दर देखिने अपेक्षा गरिएको छ ।