सहज सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा अर्याल

मेचीकाली संवाददाता

१९ कार्तिक २०७९, शनिबार
136 shares

बुटवल । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा विशाल बेल्वासे, उपाध्यक्ष कमल प्रकाश भुसाल, सचिवमा पार्वती न्यौपाने र कोषध्यक्षमा दीपेन्द्र धमला रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा गोपीलाल पौडेल, कृष्णकुमारी थापा, श्रीमाया श्रेष्ठ, होमप्रसाद खनाल, विष्णुमाया भण्डारी, दुर्गा प्रसाद देवकोटा रहेका छन ।
लेखा समुपरीवेक्षण समितिको संयोजकमा रामजी नेपाल र सदस्यद्वय अन्जु पौडेल र कृष्ण शर्मा रहेका छन् । त्यस्तै निर्वाचन समितिको संयोजकको भूमिका दिलिप रिजाल र सदस्यमा दिवाकर ढकाल र खडगबहादुर आचार्य रहेका थिए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारीहरुले बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमूल क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताए । उनले सहकारीलाई लगानीका क्षेत्रहरु विस्तार गर्न सुझाए । सहकारीमा १ हजार ५०० शेयर सदस्य रहेका छन । शेयर पूँजी १ करोड ४७ लाख १० हजार ७००, बचत ११ करोड ९८ लाख ६३ हजार ५१६ र कूल पूँजी १४ करोड ५९ लाख ६१ हजार ३०८ रहेको छ ।

सहकारीले तिलोत्तमामा आफ्नो सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ । सहकारीका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षता, उपाध्यक्ष विशाल बेल्वासेको स्वागत तथा सचिव कमल प्रकाश भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।