जय महाकाल महाराजगञ्ज उपशाखा गठन

मेचीकाली संवाददाता

१९ कार्तिक २०७९, शनिबार
317 shares

कपिलवस्तु। भोकालाई भोजन, प्यासीलाई पानी भन्ने मूल नाराका साथ जय महाकाल युवा समूह महाराजगञ्ज उपशाखा गठन भएको छ ।
शनिबार जयमहाकाल युवा समूह केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा राजेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय महाराजगञ्ज उपशाखा गठन भएको हो । जसको उपाध्यक्षमा रामचन्द्र यादव, सचिवमा घनश्याम यादव कोषाध्यक्षमा ओमकार गुप्ता, सहसचिवमा शुभम अग्रहरी रहेका छन् ।

यस्तै सदस्यहरूमा लवकुश कहांर, कमलेश कुमादुबे, अनुप त्रिपाठी, साहिल गुप्तालगायत रहेका छन् । नयाँ कार्य समितिलाई शुभकामना दिँदै केन्द्रीय समूहका पदाधिकारी एवम् कार्यक्रमका प्रमुख अतिथि बाबा बोलवमले हिन्दु सनातन धर्मका लागि फुटेर नभई जुटेर लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरूले पनि सबैलाई जय महाकालमा आबद्व भई मानव सेवामा लाग्नुपर्नेमा जोड दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, केन्द्रीय सदस्य बाबा पराजुली, पारास भुसाल, सीता गौतम, सैनामैना नगरस्तरीय पदाधिकारी, बाणगंङ्गा नगरस्तरीय पदाधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रम केन्द्रीय सदस्य प्रेम यादवले गरेका थिए ।