बहुला काजीको सपना नाटक रूपमा प्रस्तुत हुने

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
462 shares

बुटवल । साहित्यकार विजय मल्लद्धारा लिखित बहुला काजीको सपना नाट्कको रुपमा प्रस्तुती बुटवलमा प्रस्तुत हुने भएको छ । बुटवलस्थित बागेश्वरी संगितालयमा यहीँ कार्तिक २२ गते थिएटर नाटकको रुपमा मञ्चन गर्न लागिएको हो । नाटकका निर्देशक राजकुमार पुडासैनीले समाज परिवर्तन गर्न भनेर हिडेका नेतृत्वलाई लक्षित गरी नाटक प्रदर्शन गर्न लागिएको बताए ।

२००४ सालमा मल्लद्धारा लेखेको नाटकमा राणाकालीन नेपाली समाजको गरिबी असुरक्षा र समानताको कलाही लाग्दो अवस्थाको चित्रण गरिएको छ । ‘समाजको आर्थिक विभेदलाई नाटकले संवोधन गरेको छ’ निर्देशक पुडासैनीले भने, ‘राजनीतिक परिवर्तनका आन्दोलनजस्तै यो सशक्त नाट्क हो ।’ १ घण्टा १० मिनेटको नाटकमा १४ जना कलाकारको प्रस्तुति रहने छ । नाटक हेर्न विद्यार्थीलाई १५०, सर्वसाधारणलाई ३०० र विशिष्ट व्यक्तिलाई ५०० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

बागेश्वरी संगितालयका सञ्चालक सुरेश सेन्चुरीलाई सुनको पिंजडापछि दोस्रो प्रयास स्वरुप बहुला काजीको सपना नाट्क प्रदर्शनमा जुटेको बताए । ‘अहिले नेपालमा थिएटर नाटकले राम्रो स्थान पाइरहेको छ, लुम्बिनी प्रदेशमा नाटकको अभाव सबैलाई खडकिएरहेको कुरालाई ध्यानमा राख्दै बागेश्वरीले गत वर्षदेखि थिएटर सुरु गरिएको छ । अब यो अभियानलाई निरन्तरता दिँदै लैजाने सोचमा छौं ।’ सेन्चुरीले भने ।