सुरुङमार्ग अवलोकन गर्न नागढुंगा पुगे एमाले अध्यक्ष ओली

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
641 shares

बुटवल । चुनावी दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइवार धादिङ पुगेका छन्। आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा–नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ‌ओली धादिङ पुगेका हुन्।

अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करिब एक किलोमिटर निर्माण सकिन लागेको छ। आतइबार दिउँसो ओली सुरूङमार्ग अवलोकनमा पुग्दा धादिङ एमालेका उम्मेदवारहरु पनि स्वागतका लागि आएका थिए।

ओलीले यसअघि नै देश सुरूङ युगमा प्रवेश गरेको बताएका थिए। एमालेले मंसिर ४ को चुनावी घोषणा पत्रमा पनि उक्त कुरा लेखेको छ।