एमालेले ल्याएको बृहत् लुम्बिनीको अवधारणा

मेचीकाली संवाददाता

२० कार्तिक २०७९, आईतवार
410 shares

अमृत गिरी
लुम्बिनीलाई केन्द्रमा राख्दै पूर्वमा दाउन्ने र पश्चिममा धानखोला बीचको तीन जिल्ला र जोडिएका पहाडी भेगलाई समेत समेट्दै एकीकृत विकास र रूपान्तरणकारी पूर्वाधार सहितको बृहत् लुम्बिनीको अवधारणा सार्वजनिक भएको छ । बृहत् लुम्बिनीको योजना साकार पार्ने आधार, सामथ्र्य, संकल्प र तिनको कार्यान्वयनका चरणलाई समेत समेटेर एमालेले रुपन्देही–२ को चुनाबी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

बुटवल एवम् तिनाउ देखी सुनौली, मर्चवारसम्म र बर्दघाट त्रिवेणीसुस्तादेखी शिवराज कृष्णनगर कपिलवस्तुसम्मको क्षेत्रलाई समेटी बृहत लुम्बिनी गुरुयोजना तयार पारी कार्यान्वयन गरिनेछ । यसमा शिक्षा, स्वास्थ्य, आवास, भूमि व्यवस्था, उद्योग तथा व्यापार, युवा उद्यमशिलता श्रम तथा रोजगारी, पर्यटन कला र संस्कृति, कृषि र सिँचाइ, सडक खानेपानी विद्युत तथा आधारभुत पूर्वाग्रह, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुद, महिला बालबालिका जेष्ठ नागरिकको सामाजिक सुरक्षा, सूचना प्रविधि र सञ्चार तथा सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ ।

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना, विमानस्थलको दिगो सञ्चालन, पर्यटन सर्किटको विस्तार, कृषिजन्य उद्योगसहितका विशेष औद्योगिक क्षेत्रको विस्तार, सिंचाई, जलविद्युत्देखि किसानलाई व्यवसायिक बनोसम्मका योजना समेटिएको छ ।
बुद्धावलीका बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरि चरणबद्ध कार्यान्वयन गरिने छ । यिनै क्षेत्रमा निर्माणाधीन आयोजनाको निरन्तरता र नयाँ आयोजनाको निर्माण सम्पन्न हुँदा नै बृहत् लुम्बिनीको अवधारणा साकार पार्न सकिने विश्वास छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदाहरूको उत्खनन, संरक्षण र विकास गर्दै शान्ति सहरसहितको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना तयार पारिने भएको छ ।

थप नयाँ सहरसहित मेगासिटी
बृहत लुम्बिनी गुरुयोजनामा उत्तर, दक्षिण, पूर्व एवम् पश्चिमका महत्वपूर्ण शहरहरुसँग जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा, पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा र अन्य सडकहरुलाई कम्तीमा डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, बुटवल, सिद्धार्थनगरलगायतका शहरहरुलाई आधुनिक सुविधायुक्त सडक, ढल, खानेपानीलगायतका पूुर्वाधारसहित स्वच्छ, सफा, सुन्दर बनाउने लक्ष्य छ ।

बुटवल, सैनामैना र तिलोत्तमालगायत लुम्बिनी आसपासका विभिन्न क्षेत्रहरुलाई समेटेर थप नयाँ शहरहरुसहित यस क्षेत्रलाई विश्व शान्ति नगरका रुपमा यसक्षेत्रलाई मेगा सिटीका रुपमा विकास गर्न आवश्यक योजना निर्माण गरिनेछ । उक्त योजनालाई जनता एवम् सरोकारवालाहरुसंग छलफल गरी कार्यान्वयन प्रक्रिया थालिने छ ।

बृहत् लुम्बिनी गुरुयोजनामा उत्तर, दक्षिण, पूर्व एवम् पश्चिमका महत्वपूर्ण शहरहरुसँग जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा, पूर्व–पश्चिम राजमार्गलाई ६ लेनमा र अन्य सडकहरुलाई कम्तीमा डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, बुटवल, सिद्धार्थनगरलगायतका शहरहरुलाई आधुनिक सुविधायुक्त सडक, ढल, खानेपानीलगायतका पूर्वाधारसहित स्वच्छ, सफा, सुन्दर बनाउने लक्ष्य छ । बुटवल, सैनामैना र तिलोत्तमालगायत लुम्बिनी आसपासका विभिन्न क्षेत्रहरुलाई समेटेर थप नयाँ शहरहरु सहित यस क्षेत्रलाई विश्व शान्ति नगरका रुपमा यसक्षेत्रलाई मेगा सिटीका रुपमा विकास गर्न आवश्यक योजना निर्माण गरिनेछ । उक्त योजनालाई जनता एवम् सरोकारवालाहरुसँग छलफल गरि कार्यान्वयन प्रक्रिया थालिने छ ।

प्राचीन सम्पदाको संरक्षण र उत्खनन
तिलौराकोट क्षेत्रको उत्खनन र संरक्षण गरी प्राचीन कपिलवस्तुको र रामग्राम क्षेत्रको उत्खनन गरी प्राचीन कोलिय राज्यको प्रारुपसहितको शहरहरुको विकास गरिनेछ । पुरानो बटौली बजारलाई संरक्षणसहितको प्राचीन सभ्यता शहरका रुपमा पुनरुत्थान गरिनेछ भने बुटवलको मुख्य बजार क्षेत्रलाई आधुनिक पूर्वाधारयुक्त व्यापारिक केन्द्रको रुपमा विकास गरिनेछ । सबै शहर एवम् ग्रामिण क्षेत्र आवश्यकताअनुसार फराकिला सडक सञ्जालबाट एक अर्कामा जोडिनेछ ।

गुणस्तरीय र प्राविधिक शिक्षाको हब
सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई आवश्यकताअनुरुप सुविधा सम्पन्न विद्यालय भवन, कक्षाकोठा, दक्ष जनशक्तिसहितका पूर्वाधारहरुको निर्माण र विद्यालयमा सुधार कार्ययोजना कार्यान्वयन गरी विद्यालय तहको शिक्षामा गुणात्मक सुधार ल्याउने र संस्थागत विद्यालयलाई उत्कृष्ट शिक्षा प्रदान गर्न प्रोत्साहित गर्ने नयाँ कार्यक्रम समावेश गरिएको छ । प्रत्येक विद्यालयमा कम्तीमा एउटा विशेष विषयको प्राविधिक शिक्षाको व्यवस्था र बुटवल स्थित केएनआइटी एवम् बिटिआई जस्ता प्राविधिक शिक्षालयहरुको स्तरोन्नतिसहित प्राविधिक एवं सिपयुक्त जनशक्ति उत्पादन गरी रोजगारी एवं स्वोरजगार विस्तार गर्ने लक्ष्य छ ।

निरोगी तथा स्वच्छ नागरिक
प्रत्येक टोल तथा बस्तीहरुमा सघन सरसफाई कार्यक्रम सञ्चालन गरी फोहोरलाई घरबाटै प्रकृति अलग–अलग गरी (छुट्टाई) फोहोरको उचित व्यवस्थापन गरिनेछ । सैनामैनामा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरी फोहोरबाट मल, ऊर्जा एवम् औद्योगिक कच्चा पदार्थ उत्पादन गरिनेछ । एमाले नेतृत्वको सरकारले सैनामैनामा लुम्बिनी प्रदेशस्तरीय फोहोर प्रशोधन केन्द्रको निर्माणकार्य सुरु गरेको हो । योग, प्राकृतिक चिकित्सा जस्ता प्रर्वद्धनात्मक र वैकल्पिक उपचार पद्धतिलाई एमालेले प्राथमिकतामा राखेको छ । सैनामैनास्थित पदमपाणी योग तथा प्रकृतिक चिकित्सालय र बुटवलस्थित लुम्बिनी आयुर्वेद अस्पतालमा स्तरीय सेवा प्रवाह गराउने योजना छ । योग र बैकल्पिक प्राकृतिक चिकित्साले नागरिकलाई निरोगी बनाउन मद्दत मिल्ने विश्वास छ ।

आवास नभएकालाई आवास र जग्गा नभएकालाई जग्गा
भूमि आयोगमार्फत यसक्षेत्रका सबै भूमिहीन परिवारलाई जग्गा उपलव्ध गराउने, अव्यवस्थित बसोबासी, गाउँब्लक, सहरी ब्लक, आँकडा, कोदाले, विटौरी, गुठीलगायतका भूमिसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधान गरिने भएको छ । साथै ठूला परियोजना सञ्चालन गर्दा प्रभावित हुनेहरुलाई लक्षित गरी विशेष कार्यक्रम बनाइने भएको छ । जस्तै प्रस्तावित तिनाउ–दानव करिडोर सडक निर्माण गर्दा प्रभावित हुने परिवार एवम् नदी तथा खोला किनारामा जोखिममा बसोबास गरिरहेका परिवारहरुका लागि बसोबास गरेकै पालिकाभित्र विकसित एवम् सुरक्षित घडेरी उपलब्ध गराइने एमालेको घोषणा छ ।

भएका औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना
बुटवल औद्योगिक क्षेत्रको जग्गा साँघुरो भएको छ । यहाँ धेरै उद्योगहरुले जग्गा माग गरेको अवस्था छ । यसलाई सम्भव भएसम्म विस्तार गर्दै आधुनिक र पूर्वाधार युक्त बनाउने लक्ष्य छ । प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा रहेका भूमिहीन, सुकुम्बासी एवम् अव्यवस्थित बसोबासीहरुले भोगचलन गरिरहेको जग्गा औद्योगिक क्षेत्रको सीमांकनबाट अलग गरी उक्त औैद्योगिक क्षेत्रको गुरुयोजना परिमार्जन र कार्यान्वयन गरिने छ ।

सम्पदा क्षेत्रमा भएका उद्योगको स्थानान्तरण
कतिपय उद्योगहरु सम्पदा क्षेत्रको नजिकै र सेरोफेरोमा रहेका छन् । यस्ता उद्योग तथा कलकाराखानालाई स्थानान्तरण गरिने भएको छ । लुम्बिनी, कपिलवस्तुलगायतका पुरातात्विक सम्पदा क्षेत्र नजिकमा रहेका उद्योगहरुलाई विशेष प्रोत्साहन प्याकेज सहित नयाँ औद्योगिक क्षेत्रहरुमा स्थानान्तरण गरिने एमालेले घोषणा गरेको छ । बर्दघाटदेखि शिवराज सम्म र त्रिवेणीदेखि कृष्णनगरसम्मको उपयुक्त स्थानमा ठूला औद्योगिक क्षेत्रहरुको स्थापना गर्न सकिने र सरोकारवालाको सहकार्यमा निक्र्यौल गरिने भएको छ । लगानीको वातावरण बनाउने र प्रयाप्त मात्रामा र सहुलियत दरमा उपलव्ध ऋण अनुदान गराइने भएको छ ।

युवा लक्षित विशेष कार्यक्रम
काम गर्ने उमेर समूहका सबैको तथ्यांक संकलन गरी क्षमताअनुसार व्यवसायिक तालिम उपलव्ध गराइने, उद्यमशिलता गर्न चाहनेहरुका लागि सहुलियत दरको ऋण उपलव्ध गराइने र तिनीहरुले गरेका उत्पादनका लागि बजार प्रवद्र्धनमा सहयोग पु¥याइने भएको छ । वैदेशिक रोजगारीलाई स्वेच्छिक बनाइने छ । वैदेशिक रोजगारीमा जान चाहने युवाहरुका लागि तालिम र बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सीप, प्रविधि र पूँजीलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गरी आकर्षक एवम् सुरक्षित लाभांश पाउने अवस्था सुनिश्चित गरिनेछ ।

संस्कृति र कलाको संरक्षण, पहाडमा हिल स्टेशन
पर्यटनलाई यसक्षेत्रको आर्थिक उन्नतिको प्रमुख सम्वाहकका रुपमा स्थापित गरिनेछ । यसक्षेत्रका सम्पूर्ण पुरातात्विक, ऐतिहासिक तथा सांस्कृति सम्पदाहरुको संरक्षण र विकास गर्दै पर्यापर्यटनसँग आबद्ध गर्ने योजना छ । नुवाकोट, बसन्तपुर, बल्ढेङगढीलगायतका पहाडी क्षेत्रमा हिलस्टेशनको विकास तथा तिनाउ एवम् दानव नदी क्षेत्रमा जलपर्यटनका साथै रमणीय पार्कसहितका पर्यटन स्थलहरुको विकास गर्ने, वन तथा कृषि क्षेत्र लक्षित पर्यापर्यटनको योजना बनाएर साकार पार्ने लक्ष्य छ ।

विमानस्थल हुँदै पर्यटन गन्तव्यहरुसम्म टुरिस्ट बस
गौतमबुद्ध विमानस्थल र यसक्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई आवद्ध गरी सुविधासम्पन्न पर्यटकीय बस सेवा सञ्चालन गर्ने, लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदहलगायतका बुद्धकालीन सम्पदा क्षेत्रहरुको संरक्षण गर्दै ती क्षेत्रहरुमा वर्षेनी लाखौं आन्तरिक र बाह्य पर्यटकहरुले भ्रमण गर्न सक्नेगरी आवश्यक पूर्वाधारहरुको विकास र पर्यटन प्रबद्र्धन गरिने भएको छ । साथै विविधतायुक्त विभिन्न भाषा, कला तथा संस्कृतिहरुको जर्गेना र प्रबद्र्धन गर्दै यसलाई पर्यटनसँग आवद्ध गर्ने एमालेको घोषणा छ ।

सहरी कृषिको प्रवद्र्धन र किसानमा प्रोत्साहन
सहरी कृषिको प्रबद्र्धन गर्ने, किसानमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने र व्यवसायिक एवम् उपकरणसहितको कृषिमा जोड दिँदै योजना कार्यान्वयन गरिने भएको छ । कृषकहरुलाई वडा तहबाटै विशेषज्ञ सेवाका साथै समयमै रासायनिक मल, बीउबिजन तथा यन्त्र उपकरण सुपथ मूल्यमा उपलब्ध गराइने र कृषि बीमाको समेत व्यवस्था गरिने भएको छ । यसअघि नै एमाले नेतृत्वको सरकारले बुटवल–१६, सैनामैना–१ मा रहेको कर्साघाटमा राष्ट्रियस्तरको कृषि उपज केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गरी आवश्यक काम अगाडि बढाएको थियो । अब यसलाई निर्माण गरी सञ्चालनमा ल्याइने र त्यसमार्फत यस क्षेत्रको कृषि उत्पादन, भण्डारण र बजारीकरणको गुणात्मक अभिबृद्धि गरिने लक्ष्य छ ।

व्यवस्थित र सुरक्षित बस्तीलक्षित पूर्वाधार
संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा यसक्षेत्रका डबल लेन स्तरका सडक निर्माण गर्ने र ती सडकहरुमा नाली र फुटपाथसहित अनिवार्य गरिने भएको छ । साथै आगामी कैयौं पछिको जनघनत्वलाई मध्यनजर गर्दै खानेपानी आयोजनाको निर्माण सम्पन्न गरिने भएको छ । झुम्साखोला खानेपानी आयोजनालाई यथाशीघ्र सम्पन्न गरी यस निर्वाचन क्षेत्रका सबै घर परिवारलाई पर्याप्त मात्रामा शुद्ध खानेपानी उपलब्ध गराउने घोषणा छ । विद्युत् आपूर्तिलाई नियमित बनाउनुका साथै मुख्य बजार क्षेत्रमा विद्युत्, टेलिफोनलगायतका तारहरु भूमिगत गर्ने लक्ष्य छ ।

वनमा पर्यापर्यटन र विपद्मा आपत्कालीन उद्धार केन्द्र
यसक्षेत्रका सम्पूर्ण वन क्षेत्रको संरक्षण गरिने, तिनाउ, दानवलगायतका सम्पूर्ण नदी तथा खोलाहरुमा पक्की तटबन्ध निर्माण गरी घरबस्तीहरुको संरक्षण गरिने र आपतकालिन अवस्थामा तत्कालै सूचना प्रवाह गरी उद्धारको संयन्त्रसहितको केन्द्र स्थापना गर्ने लक्ष्य छ । सबै प्रकारका विपद्जन्य जोखिमहरुको नक्शांकन गरि विपदका दृष्टिले संवेदनशील क्षेत्रहरुको संरक्षण गरिने, लक्ष्मीनगर, ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरिएको छ । यसक्षेत्रमा आधुनिक उपकरण एवम् सामग्री व्यवस्था सहितको इमर्जेन्सी अपरेशन सेन्टर स्थापना गरि आपतकालित उद्धार तथा राहतको सुनिश्चितता गरिने भएको छ ।

खेलकुदमार्फत नाम, दाम, पहिचान र सम्मान
युवालक्षित खेलकुद र उद्यमशीलता कार्यक्रम सञ्चमला गर्दै नाम, दाम, पहिचान र सम्मान हसिल हुने गराइने भएको छ । तिलोत्तमामा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला र बुटवल–१३ मा कर्णेल उजीरसिंह जवई रंगशाला, सैनामैना–१ मा बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याइउने योजनामा छ । प्रत्येक वडामा कम्तीमा एक खेलमैदान, एक कभर्डहल र एक खुला व्यायामशाला निर्माण गरिनेछन् । युवालाई कुलतमा लाग्नबाट बचाउन विशेष अभियान सञ्चालन गरिनेछ । दुव्र्यसन एवम कुलतमा लागेका युवाहरुलाई समाजमा पुनस्र्थापना गर्न विशेष पुनस्थापना केन्द्रहरु सञ्चालन गरिनेछ ।

सुशासनमैत्री सेवाप्रवाह
तीनवटै तहका सरकारका सम्पूर्ण कार्यालयहरुमा विद्युतीय सुशाशन प्रणाली लागु गरि सहज, पारदर्शी एवम् प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने, विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिने घोषणा गरेको छ । तीनै तहका सरकारका बीच समन्वय, सहकार्यका निम्ति आवश्यक संस्थागत संरचना र कार्य प्रणाली विकास गरी कार्य सम्पादनमा प्रभावकारिता ल्याइने छ र सुशासनलाई आत्मसात् गराइने भएको छ । तीनै तहका जनप्रतिनिधि एवम् सरोकारवालाहरु सम्मिलित साझा मञ्च निर्माण गरी लक्षित नीति कार्यक्रम तथा योजनाहरुको यथासमयमै गुणस्तरीय ढंगले सम्पन्न हुने कुराको सुनिश्चितता गरिने प्रतिबद्धता गरिएको छ ।
(नेकपा एमालेका तर्फबाट रुपन्देही–२ मा उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको चुनावी प्रतिबद्धतापत्रका आधारमा तयार पारिएको सामग्री । यहाँ प्रदेशसभामा लिला गिरी र भोजप्रसाद श्रेष्ठको उम्मेदवारी छ ।)