कपिलवस्तु–१ : जनताको मन जित्दै ललित गुरूङ

मेचीकाली संवाददाता

२४ कार्तिक २०७९, बिहीबार
318 shares

कपिलवस्तु । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । कपिलवस्तु क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार ललित गुरूङले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उनि आफ्नो चुनावी प्रतिबद्धता लिएर दैनिक मतदाताहरूको घरदैलोमा पुग्ने गर्छन् ।

नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सभापति समेत रहेका गुरूङले राजनीतिमा लागेको ४० वर्ष हुँदा पनि पार्टीले आफुलाई बेवास्ता गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए । कांग्रेस कार्यकर्ताको दवावमा आफुले उम्मेदवारी दिएको बताउँदै जनताको घरदैलोमा पुग्दा मतदाताको प्रतिक्रियाले अत्यन्तै उत्साहित भएको उल्लेख गरे । । मतदाताले आफुलाई उत्साहजनक साथ समर्थन गरेकाले पार्टीका उम्मेदवारले भन्दा आफुले बढी मत पाउने समेत दावी गरे ।

मतदाता भेटघाटका क्रममा गुरूङले आफुलाई मत दिएर जिताउन आग्रह गर्दै प्रतिस्पर्धामा गठबन्धनको भन्दा बढि मत आफ्नो पक्षमा रहेकाले यसपालिको जित आफ्नै हुने बताए । पार्टीप्रति अबिश्वास बढिरहेका बेला जनताको स्वतन्त्र तर्फ आकर्षण बढदै गएको उनले दावी गरे ।

स्वभिमानी नेताका रूपमा परिचित ललित गुरूङले नेपाली कांग्रेसले गठबन्धनको नाममा कपिलवस्तुमा आफ्नो राजनीति कमजोर बनाएको भन्दै । कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले आफुलाई मत दिने कुरामा दुई मत नरहेको बताए । साथै गुरूङले सत्ता, स्वार्थका लागि जे जस्ता गठबन्धन भएपनि आम कांग्रेस कार्यकर्ता आफ्नो पक्षमा रहेको बताए ।