भोजप्रसाद जसले बुटवलमा विकासको जग बसाले

मेचीकाली संवाददाता

२४ कार्तिक २०७९, बिहीबार
406 shares

बुटवल । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा रुपन्देही–२ (२) मा एमालेबाट उम्मेदवार छन्–भोजप्रसाद श्रेष्ठ । २०१३ सालमा पाल्पाको रामपुरमा जन्मिएका श्रेष्ठ २०४४ मा बुटवल झरेका हुन् । श्रेष्ठ अहिले बुटवलमा मात्र होइन, मुलुककै विकास अभियान्ताका रुपमा परिचित छन् । अविरल राजनीतिक आन्दोलनसँगै सामाजिक विकास अभियानमा समेत उम्मेदवार श्रेष्ठले महत्वपूर्ण योगदान पु¥याउदै आएका छन् ।

बुटवलको योजनाबद्ध विकास प्रारुप जुन आज पनि झण्डै २ दशकअघि तत्कालीन बुटवल नगरपालिका प्रमुख भोजप्रसाद श्रेष्ठले स्थापित गरेको मान्यताका आधारमा सञ्चालनमा छभन्दा अनुपयुक्त हुँदैन । बुटवलको योजनाबद्ध विकास र सुन्दर शहरको परिकल्पना गरेर कार्यान्वनमा पु¥याउन सफल वास्तविकताको रुपमा अहिले बुटवलबासीले सम्झिने गर्छन् ।

जीवनमा कुनै पनि एउटा कामले पछि पनि सफलताको ढोका खोल्छ भन्ने मान्यता भोजप्रसादको जीवनमा पनि लागू हुन्छ । पार्टीको जिम्मेवारीमा रहँदा २०५१ मामनमोहन अधिकारी नेतृत्वको सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोग जिम्मेवारी प्राप्त गरेर काम गरे । आयोगको अध्यक्षको हैसियतले ५ हजारभन्दा बढी बुटवलका सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेका थिए । अझै हजारौँ सुकुम्बासीलाई लालपूर्जा वितरणको लागि पहँेलो कार्ड वितरण गरेका थिए । तर, सरकार लामो समय टिक्न सकेन । अनि आयोगले काम गर्न पाएन । यद्यपि पहिलो चोटी आयोगले प्रदान गरेका लालपूर्जा र पहँेलो कार्ड हेरेर अहिले पनि सुकुम्बासी भोजप्रसाद प्रति नतमस्तक छन् । उनीहरु भोजप्रसादलाई अहिले पनि प्रदेशसभामा जिताएर यहाँको समृद्धि होस भन्ने पर्खाइमा छन् ।

निर्वाचनको सिलसिलामा मतदाताको घरदैलोमा पुग्दा भूमिहीन सुकुम्बासीहरु भोजप्रसादलाई देखेर खुसी हुन्छन् । मतदाताहरुले गरेको माया र सदभाव देखेर भोजप्रसाद पनि उत्तिकै खुसी छन् । भन्छन्,‘बुटवलबासीले मलाई मेयर बनाए । प्रदेशसभामा यसअघि पनि जिताउनुभयो । अब पनि जितेर यहाँका जनताको मुहारमा खुसी ल्याउने मेरो एकमात्र लक्ष्य छ ।’ श्रेष्ठ थप्छन्, ‘यहाँ भौतिकसँगै दीर्घकालीन विकास गर्न म जुट्नेछु । जनताले दिएको मतलाई कहिले खेर जान दिन्नँ ।’

सुकुम्बासी समस्या समाधान आयोगमा अध्यक्षको रुपमा क्रियाशील रहँदा गरेको कामको मूल्याङ्कनका आधारमा भोजप्रसादलाई २०५४ मा एमालेले बुटवलको मेयरको उम्मेदवार बनाएको थियो । त्यो बेला पनि श्रेष्ठले सानदार रुपमा चुनाव जिते । नगरप्रमुख भएको बेला बुटवललाई उनले गरेका काम र परिकल्पना र अगाडि बढाएका कामहरुले आजपनि बुटवल उपमहानगरपालिका मुलुककै समुन्नत र उत्कृष्ट नगरपालिका बनेको छ ।

उनको कार्यकालमा बुटवलका साघुरा र मोटर ग्यारेज जस्ता देखिने गल्लीहरु फराकिला भए । सफा र सुन्दर बुटवललाई आकर्षित बनाए । आफूले अगाडि सारेका योजना समयमै सम्पन्न गराए । २०७४ को पहिलो प्रदेशसभा निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भए । प्रदेश सरकारमा उनी ९९ दिन मन्त्री हुँदा स्वास्थ्य क्षेत्र मानिकै राम्रा जनपक्षीय काम गरे । रगत निःशुल्कदेखि अस्पतालमा अक्जिन प्लान्ट निर्माणमा उनको योजना हुन् । ती योजना लागू भइसकेका छन् । प्रदेशसभा विषयगत समितिमा बसेर पनि उनले कुशल भूमिका खेले । कोरोना पीडित परिवारलाई राहत उपलबध गराउने निर्णय सहितप्रदेशका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माण गर्ने काममा संघ सरकारसँग समन्वय गरी बजेट व्यवस्थापन गरेर र उक्त स्थापनाका कामहरु क्रमशः अगाडि वढिरहेका छन् ।

एमालेका उम्मेदवार श्रेष्ठ जनताप्रति इमान्दार, राष्ट्रप्रति वफादार र युवाहरुको ढुकढुकीको रुपमा आफूलाई उभ्याउँदै आएका छन् । उनलाई मन नपराउने सायद कोही पनि छैनन् । बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मको प्यारो नेताको रुपमा जिल्लाभरि श्रेष्ठ चिनिन्छन् । समस्याको उपायको पर्याय बनेका एमाले प्रदेश उपाध्यक्षसमेत रहेका श्रेष्ठ रुपन्देहीमा प्रभावशाली नेताको रुपमा परिचित छन् । राजनीतिक रुपमाविभेद नगर्ने समान रुपमा व्यवहार गर्ने नेताको रुपमा उनी सबैका साझा नेताका रुपमा बुटवलमा स्थापित छन् । आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनीप्रतिको विश्वास र अपेक्षा हो । श्रेष्ठका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका बामदेव क्षेत्री छन् ।

बुटवलको मैनाबगर अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) जीतगढी किल्लाको उत्खनन, सिद्धबाबा धामको विकास, बोलबम धामको स्तरोन्नती,कोरियन टेक्निकल इन्स्टिच्यूटको स्थापना, बुटवल बस टर्मिनल, लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा बुटवल सिटी क्याम्पस जस्ता महत्वपूर्ण र दूरगामी योजनाहरु पनि श्रेष्ठकै पहलमा भएका काम हुन ।