मतदाता भेटघाटमा व्यस्त छन् उम्मेदवार

मेचीकाली संवाददाता

२४ कार्तिक २०७९, बिहीबार
278 shares

बसन्ती आचार्य
कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारहरु मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासँग अन्तत्र्रिmया कार्यक्रमलाई तिब्रता दिइरहेका छन् । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिएसंगै यस क्षेत्रको विकासका लागि एमालेका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको भन्दै मतदाताका समस्या र आवश्यकता बुझ्दै एमाले उम्मेदवारहरु टोलटोलमा पुगेका छन् ।

बिहीबार बाणगंगा नगरपालिका वडा नं. १, ७, ९ का विभिन्न स्थानका स्थानीयहरुका आवश्यकता र विकास निर्माणका सवालहरु बुझ्दै टोलटोलमा पुगेका छन् । वडा नं. १ को बठनपुरा, उप्टहवा, वडा नं. ७ को बनगाई, कोइली बनगाई त्यस्तै ९ को भर्लावास, चौहवा, भर्तापुर, बर्दहवा, पडरिया, जिनुवा, भलवाड, पूर्वजिनुवा, बक्सिपुरमा भेटघट तथा अन्तक्र्रिया भएको छ ।

यस्तै शुद्धोधन गाउँपालिकाका विभिन्न वडाका मतदाताहरुसँग भेटघाट तथा अन्तक्र्रिया गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कलम क्षेत्रीले जानकारी दिए ।
भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले विभिन्न पार्टी सरकारमा आउँदा भएका काम र एमाले नेतृत्वको सरकारले गरेका काम बिच तुलना गर्न मतदातालाई अनुरोध गरे । उनले एमालेले जम्मा ३ वर्ष सरकार चलाएको र त्यसमाथि पनि कोरोना महामारीका वावजुत धेरै विकास निर्माणका काम भएको बताए ।