पाँच वर्षमा भलवाडको मुहार फेरियोः पन्थी

मेचीकाली संवाददाता

२४ कार्तिक २०७९, बिहीबार
332 shares

कपिवलस्तु । क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका उम्मेदवार बिष्णुु पन्थीले ५ वर्ष पहिले भलवाड कहाँ थियो र अहिले कहाँ पुग्यो भन्ने तुलना गर्न स्थानीयलाई आग्रह गरेका छन् । आफू प्रदेश सांसद हुँदा विकासको दृष्टिकोणले पछाडि परेको वडा नं. ९ लाई विकासको मुख्य धारमा ल्याउने कोसिस सदैव गरिरहेको बताए ।

११ जनाको ज्यान लिएको कोइली पुल आफ्नै विशेष जोडमा एमाले नेतृत्वको सरकार हुँदा योजनामा परेको र स्थानीयका अवरोधका बिच निर्माण कार्य रोकिएको बताए । अहिले आफ्नै ठाडो आदेशमा अदालतले पुल निर्माण गर्न आदेश दिएकाले भलवाडवासी मात्र होइन, अर्घाखाँचीलगायत छिमेकी जिल्लाका हजारौँ स्थानीयलाई सहज हुने बताए ।


उनले एमाले नेतृत्वमा लुम्बिनी प्रदेश सरकार हुँदा भएका विकास निर्माणका कामको बारेमा स्पष्ट पार्दै अगामी दिनमा अझ नयाँ कार्यहरुको योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

भेटघाट कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, जिल्ला अध्यक्ष डम्मर शर्मा, क्षेत्र नं. १ प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार जन्जिरप्रसाद थारु, प्रदेश सांसद पदका समानुपातिक उम्मेदवार गिरधारीलाल न्यौपाने, निर्वाचन परिचालन कमिटी वडा नं. ९ का संयोजक नेत्र गिरी, पार्टीका नेता ध्रुव बेल्बासेलगायत पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।