गुल्मीमा गोकर्ण विष्टले गरेका काम र अबको ‘रोडम्याप’

मेचीकाली संवाददाता

२९ कार्तिक २०७९, मंगलवार
175 shares

बुटवल । आगामी मंसिर–४ को निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्ट चुनावी अभियानमा व्यस्त छन् । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव विष्टले विगतमा आफूले गरेका विकास निर्माणका योजनालाई पूर्णता दिने र नयाँ योजनाहरु समेत ल्याउने प्रतिवद्धतासहित चुनावमा होमिएका छन् ।

भौगोलिक विकटासँगै टाढा–टाढासम्म छरिएका गाउँलाई सडक, सञ्चार, विद्युत तथा शिक्षा लगायतका विकास योजनाहरुले जोड्ने प्रयासमा रहेका विष्टले विगतमा गरेका महत्पूर्ण र लोभलाग्दो विकासका फेहरिस्त लामै छ । सरल र शालिन स्वभावका विष्टले विपक्षीको आलोचना नगरी आफूले विगतमा गरेका प्रयास र अबको रोडम्याप बारे जनतालाई बुझाउँदै घर–घरमा पुग्ने प्रयास गरेका छन् ।

यसै बीच उनले विगतमा गरेका काम र अबको यात्रा बारे यसरी बताएका छन्

म ३ पटक यो क्षेत्रबाट (गुल्मी क्षेत्र नम्बर २) निर्वाचित भए । यो क्षेत्रमा निर्वाचित भएर मैले ११ वर्ष ३ महिनाको कार्यकाल विताएको छु । म निर्वाचित हुँदा यस क्षेत्रमा कही पनि विद्युत थिएन । अहिले सबैको घरमा विद्युत सेवा पुराएका छौं । अब गुणस्तरी विद्युत सेवा पुर्याउनका लागि कपिलवस्तुबाट गुल्मी ल्याउने १३२ केभिएको प्रशारण लाइन सम्पन्न हुँदै छ ।

म यो क्षेत्रमा निर्वाचित हुँदा कही पनि मोटर बाटो थिएन । आज राष्ट्रिय राजमार्ग मदनभण्डारी राजमार्ग निर्माण गरेका छौं । सालझण्डी ढोरपाटन सडकमा २ अर्व बढी खर्च भैसकेको छ । रिडी–रुद्रवेनी, वामीटक्सारसहित ७ वटा सडक कालोपत्रेका लागि टेण्डर भएको छ । त्यसैगरी यस क्षेत्रमा मेरो कार्यकालमा ४२ सय किलोमिटर भन्दा बढी ट्रयाक खुलाउने काम भएको छ । अनकन्टार भिरहरुमा सडक निर्माण गरेर सेवा पुर्याउने काम त्यति सहज विषय थिएन । तर हाम्रो प्रयास र लगनशिलताले नै ती सडकहरु बनेका हुन अब यसलाई स्तरोन्नती गर्न बाँकी छ । प्रत्येक वडालाई कालोत्रे सडकले जोड्ने मेरो लक्ष्य रहेको छ । सडक निर्माणसँगै ती क्षेत्रमा पर्ने विभिन्न ठाउँमा ५९ वडा सडक पुलका योजना समावेश गरेर अघि बढाएकोमा २८ वटा पुल सम्पन्न भैसकेका छन् भने केही निमार्णको चरणमा, केही टेन्डर प्रक्रियाको चरण्मा छन् । यी योजनाहरुलाई सम्पन्न गर्ने मरो प्रतिवद्धता छ ।
खासगरी पटक–पटक आलोचनाको विषय हुँदै आएको मदभण्डारी राजमार्गमा पर्ने ४ वटा खोलामा ठेकेदारको लापरबाहीका कारण समयमा पुल निर्माण हुन सकेको छैन । निर्माण कम्पनीको बदमासीले जनप्रतिनिधि आलोचित हुनुपरेको छ । यो विषयमा म अत्यन्तै गम्भीर छु । सडक अन्तरगत पर्ने घमिर खोला र अर्जेबेसी खोलामा ठेकेदारको लापरवाहीले काम हुन सकेन भने हुलाके र धनार्जे खोलामा पनि टेन्डर भई पुल निर्माणको प्रक्रिया अघि बढेको छ । आगामी वर्षायाममा अहिलेको जस्तो जनताले सास्ती खेप्नु पर्ने छैन । यसरी विभिन्न ठाउँमा पुल निर्माणका लागि २२ करोड ६० लाख ८५ हजार बराबरको पुल निर्माणका टेन्डर भएर काम अघि बढेको छ । यस बाहेक पुल निर्माणका लागि आवश्यक ठाउँहरुमा आवश्यक बजेट तथा योजना निर्माणका लागि हामीले पहल गर्नेनै छौं ।

म निर्वाचित हुनुभन्दा पहिले यस क्षेत्रमा खानेपानीको समस्या थियो । कतिपय ठाउँहरुमा पीउने पानी भएर पनि घर–घरमा धारा थिएनन् । अहिले अधिकांश जनताको घरमा खोपानी सुविधा पुगेको छ । यस पटक करिब २७÷२८ वटा खानेपानी आयोजना सम्पन्न गरेका छौं । सयौं आयोजनाहरु विभिन्न समयमा सम्पन्न गरेका छौं भने करिब पौने ३ सय आयोजनाहरु केन्द्र, प्रदेश र स्थानीय सरकारमा समावेश गरी सम्पन्न भएका तथा सम्पन्न हुने अवस्थामा पुगेका छन् । बाँकी रहेको ठाउँमा पनि नेकपा एमालेको सरकार आएपछि पुर्याउने प्रतिवद्धता गर्दछौं ।

यस क्षेत्रका सवै बालबालिकाहरु विद्यालय जान पाउने र उपयुक्त विद्यालयमा शिक्षा लिन पाउने व्यवस्थाका लागि प्रयास गरिरहेका छौं । गुणस्तर शिक्षाकै लागि करिब पौने ३ सयको संख्याको विविभन्न ठाउँका विद्यालयका भवन निर्माण गरेका छौं । १८ स्थानमा निःशुल्क रुपमा अँगेजी पढ्न पाउने व्यवस्थासहित विद्यालय सञ्चालन गरेका छौ । यसैगरी कम्तिमा ६० ठाउँमा शिुल्क अँग्रेजी शिक्षाका लागि प्रक्रिया अघि बढाएका छौं । यस बाहेक पनि सबैका लागि निःशुल्क शिक्षाका लागि हाम्रो प्रयास जारी रहेको छ ।

जनाताले सिटामोटको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था मुलुकमा अझै पनि छ । त्यसलाई मध्येनजर गरी यस क्षेत्रका अधिकांश वडाहरुमा स्वास्थ्य चौकी तथा प्रत्येक पालिकाहरुमा १५ शैय्याको अस्पताल निर्माणको काम अघि बढेको छ । सदरमुकाममा राम्रो अस्पतालको अभावमा उपचारका लागि अन्यत्र जानुपर्ने समस्याको अन्त्य गर्न साढे ६ तलाको अस्पताल बनाईरहेका छौं । ६ करोड बढी लागतमा निर्माण भएको अस्पताल सम्पन्न भएपछि जिल्लामै उपचार प्राप्त गर्नेगरी व्यवस्था मिलाउने छौं । यसरी स्वास्थ्यको सुरका लागि करिब साढे २ अरब बढी रकम अस्पतालका भवनहरु निर्माणका लागि विनियोजन गरिएको छ ।

मेरो क्षेत्रमा विगतमा ७÷८ हजार घर परिवार फुसको छाना बसेका थिए । उनीहरुलाई फुसको छाना विस्थापित गरी जस्तापाताले घर छाउने व्यवस्था गरेका छौं । अझै पनि २÷४ वटा घर परिवारमा सुकुम्बासी तथा अन्य प्राविधिक कारणले फुसका छाना कायम रहेका छन् । यसलाई पनि हामीले छिट्टै जस्ता पाताले छाउने व्यवस्था गर्ने छौं । यसरी आगामी दिनमा पछाडि पारिएका वर्ग समुदायलाई माथि उठाउने हाम्रो लक्ष्य रहने छ ।

युवाहरुको खेलकुदको विकासका लागि सहिद लखन थापा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्दै छौं । करिब साढे ८ करोड खर्च भैसकेको छ भने ८३ करोड लागत अनुमान गरिएको छ । यो वाहेक प्रत्येक पालिकाहरुमा खेल मैदान निर्माण गर्ने अभियान अघि बढाएका छौं । रोजगारीका अभवामा वैदेशिक रोजगारीमा जानेहरु छन् । जब म श्रम तथा रोजगार मन्त्री भएको समयमा उनीहरुको समस्या बुझे र नेपाली श्रमिकहरुको सुरक्षाका लागि जोखिमपूर्ण र दर्दनाक अवस्थाको अन्त्यका लागि काम गरे । रकम नतिरी निःशुल्क र सम्मानजन ढँगले काम गर्न पाउनु पर्दछ भन्ने मान्यताका साथ सामाजिक सुरक्षा लगायतका विषयमा थुप्रै नीतिगत समस्याहरुको सुधार गरे । मलेसियामा १३ महिना कामदार पठाउन रोकेर नेपालको सर्तमा मलेसिया सरकार नेपालमा आएर सम्झौता गर्न बाध्य बनायौं । थुप्रै देशसँग श्रम सम्झौता गर्यौ । गौरवपूर्ण नेपालीको हैसियतमा काम गर्न पाउने व्यवस्था गर्यौं । जनताले महशुस गर्न पाउने गरी काम गरेका छौं । अब आउने नेकपा एमालेको सरकार थप नयाँ योजनाका साथ जनताको समस्या समाधानमा केन्द्रित हुनेछ ।

यसैगरी म मन्त्री हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे । ५ लाख युवाहरुलाई रोजगार बनाउने उद्देश्यले सुरु गरिएको उक्त अभियानबाट १ लाख ८८ हजार युवाहरुले रोजगार पाए भने उक्त योजना अहिले अलपत्र परेको छ । भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारका क्षेत्रमा पनि धेरै महत्वपूर्ण काम गरेका छौं । तर, ती प्रयाप्त छैनन् । सबै जनतालई कालोपत्रे सडकले जोड्ने, सत प्रतिशत घरमा खानेपानी, सम्भव ठाउँहरुमा सिञ्चाईको व्यवस्था, युवाहरुलाई खेलको विकासका लागि प्रत्येक वडाहरुमा कम्तिमा १ वटा खेल मैदान निर्माण गर्ने, सबै विद्यालयहरुमा आवश्यक भौतिक पूर्वाधार निर्माण मेरो योजना हो । यसैगरी आवश्यक ठाउँहरुमा झोलुङ्गे पुल निर्माण, युवाहरुलाई गाउँमै बसेर रोजगार प्राप्त गर्ने अवसर प्रदान गर्ने, युवाहरुको श्रमसीपलाई मुलुकमै प्रयोग गर्ने खालका कार्यक्रम ल्याउने, कृषिको आधुनिकरण, जनताका असुरक्षित बसाईहरुलाई नयाँ योजना ल्याएर स्थान्तरण गर्ने मेरो लक्ष्य रहेको छ ।

यसैगरी पर्यटनको क्षेत्रमा रेसुङ्गा, विचित्र गुफा, धुर्कोट दरबार, पुर्कोट दरबार, ऋडी लगायतका क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने छौं । यो क्षेत्रका गरिवी, अशिक्षालाई अन्त्य गरी मुलुककै नमुना बनाउने लक्ष्य राखेको छु । जनताले अनुभूत गर्ने गरी सामाजिक, आर्थिक र राजनीतिक परिवर्तका लागि काम गर्ने मेरो प्रतिवद्धता छ ।