उम्मेदवारहरु घर दैलोमा व्यस्त

मेचीकाली संवाददाता

३० कार्तिक २०७९, बुधबार
270 shares

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जामा नेकपा एमाले, कांग्रेस, राप्रपा स्वतन्त्र लगायतका प्रमुख पार्टीहरुलाई आफ्नो पोल्टामा मत पार्न दिनरात नभनी लागेका छन् । भूगोलको हिसाबले सजिलो नभए पनि आआफना कार्यक्रता लागि परेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि प्रचार प्रसारको समय अब दुईदिन बाँकी छ । राजनीतिक दल तथा दलका नेता कार्यकर्ताहरु मतदाता भेटघाटमा घनिभूतरुपमा लागिरहेका छन् । यसैबीच स्याङ्जा क्षेत्र नम्वर २ मा नेकपा एमालेका उम्मेदवारहरु गाउँ र टोल टोलमा पुगी मतदाताहरुसँग भेटघाटमा व्यस्त छन् । मङ्गलबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेश क का उम्मेदवार मोहन रेग्मी लगायत नेता कार्यकर्ताहरु वालिङ नगरपालिका १४ र भीरकोट ९ सिरकोट तथा साउन्दीका मतदातासँग भेटघाट गरेका छन् ।

यसैगरि भेटघाटका क्रममा एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले कसैको भ्रममा नपरी सूर्य चिन्हमा भोट दिएर नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरीन् । अर्यालले आँफू लगायत नेकपा एमालेका उम्मेदवारहरुलाई विभिन्न आरोप लगाई भ्रम सिर्जना गर्ने केही झुण्डहरु सामाजिक सञ्जालमा क्रियाशिल भएकाले भ्रममा नपरी ढुक्कसँग सूर्य चिन्हमा मत दिन आग्रह गरीन् । उनले भनीन् । ‘कसैको लोभ लालच र प्रलोभनमा नपर्नुहोस् । तपाईहरुको मनलाई मतमा परिणत गर्नुहोस्, एक एक मतलाई दुरुपयोग गर्ने छैन, यो मेरो प्रकितवद्धता हो ।’ आँफु नगर्ने र गरेको देखि नसहनेहरु आरोप मात्र लगाउँछन् भन्दै सचिव अर्यालले त्यस्ता तत्वबाट सतर्क रहनुपर्ने बताइन् ।

‘राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सरोकार नराख्ने गठवन्धनबाट मुक्त हुन जरुरी छ । त्यसैले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयमा काम गरी भविष्य निर्माणका लागि एमालेको सरकार आवस्यक छ ।’ उनले भनिन ।
कार्यक्रममा प्रदेश क का उम्मेदवार रेग्मीले एमालेले गरेका कामलाई ओझेल पार्न गठवन्धन सरकारले बजेट कटौति गरेको बताए ।

गठवन्धनका नेताहरु हारको मानसिकताले ग्रसित भएर तथानाम बोल्ने गरेको उनको भनाई छ । पूर्वाधार विकासका साथै युवाहरुका पक्षमा नेकपा एमालेले चासो र सम्वोधन गर्दै आएको रेग्मीको दावी छ । सोच्ने, मूल्याङ्कन गर्ने र विश्लेषणात्मक निष्कर्ष निकाल्ने क्षमता सिर्जनशील युवाहरुमा हुन्छ, तथ्यमा विश्वास गरेर एमालेको पक्षमा उभिने रेग्मीले बताए ।