विकासका लागि एमालको जित आबश्यकः गुप्ता

मेचीकाली संवाददाता

१ मंसिर २०७९, बिहीबार
372 shares

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मंगलप्रसाद गुप्ताले यो क्षेत्रको बिकासका लागी एमालेले नै जित्नुपर्ने बताएका छन् ।

वृहत घर दैलो कार्यक्रममा बोल्दै देशको मुहार फेर्न एमालेका उम्मेदवारहरुले चुनाव जित्नुपर्ने उनले बताए । सोही अवसरमा कपिलवस्तु ३ (क) का प्रदेश शभा सदस्य अर्जुन कुमार केसी क्षेत्र नम्बर ३ (ख) का प्रदेस सभा सदस्य रजाउ खान र समानुपातिक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सराज अहमद फारुकी लगायतको उपस्थिती रहेको थियो ।

प्रदेश सभा सदस्य अर्जुनकुमार केसिले आफ्नो कार्यकालमा धेरै कामहरु भएको र अधुरा कामहरु पूरा गर्न यहाँ एमालेको खाँचो रहेको बताए । सभाको सञ्चालन शिवराज नगर कमिटी उपाध्यक्ष तथा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले गरेका थिए ।