गुल्मी–२ मा गोकर्ण विष्ट जित नजिक

मेचीकाली संवाददाता

७ मंसिर २०७९, बुधबार
247 shares

बुटवल । गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले १ हजार ७७७ मतसहित अग्रता लिएका छन् । विष्टले २६ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले २५ हजार १५ मत प्राप्त गरेकी छन् ।

हालसम्म मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, रेशुंगा नगरपालिकाा र मालिका गाउँपालिकाको १, २, ३, ४, ५, ६ नम्बर वडाको मतगणना सकिएको छ । अब मालिकाको ७ र ८ नम्बर वडाको मत मात्र गन्न बाँकी छ ।