जय महाकाल युवा समूहद्वारा सिमा क्षेत्रमा बोर्ड स्थापना

मेचीकाली संवाददाता

७ मंसिर २०७९, बुधबार
355 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । भोकालाई भोजन, प्यासीलाई पानी भन्ने मुल नाराका साथ गठन भएको जयमहाकाल युवा समूह काठमाडौँले अर्घाखाँची र बाणगंगा नगरपालिकाको सिमा क्षेत्रमा पर्ने बालकण्ठ बराजु धाम क्षेत्रमा नामकरण सहितको बोर्ड स्थापना गरेको छ ।

स्थापना गरिएको बोर्डमा, हिन्दु राष्ट्रस्या रक्षार्व्य योगी नरहरि सदा चेला उद्यम कर्तु निरयंही अन्बेर्षर्णाहि सर्वदा तस्य शिस्य अमृत अर्थाचत हिन्दु धर्मका रक्षाका लागि योगी नरहरिनाथका चेला योगी सुर्य नाथ पराकर्मी ले नामारण सहितको अनावरण गरेका हुन् । उक्त बोर्ड युवा समूहका सल्लाहकार सदस्य बाबा बलरामको संयोजकत्वमा बोर्डको स्थापना गरिएको बाणगंगा युवा समूहका संयोजक भोलाराज पौडेलले जानकारी दिए ।

परापुर्वकालदेखि पर्यटकिय रूपमा संभावना बोकेको धार्मिक स्थल प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको सिरिङ्गीघाट धामलाई प्रचारप्रसार गराउने उद्वेश्यका साथ अनावरण गरिएको जय महाकाल युवा समूहले बताएको छ । यस क्षेत्रमा पुरातत्वीक आकृति रहेको सो क्षेत्रमा पुजापाठका लागि गुरूकुल बिद्यापिठ पिपराका पण्डित रमानाथ घिमिरे दैनिक जाने–आउने गरेको पनि युवा समूहले जनाएको छ । कार्यक्रममा केन्द्रीय सदस्य, रूपन्देही सैनामैना, बाणगंगा नगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।