पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग

मेचीकाली संवाददाता

७ मंसिर २०७९, बुधबार
280 shares

कपिलवस्तु । १५ वर्षीया पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग गरिएको छ । ०७९ भदौ महिनामा आफन्तबाट पीडित भएकी बालिकाको आर्थिक अवस्था एकदमै कमजोर भएको भन्दै पीडीतलाई सहयोग गरिदिन आग्रह गर्दै मानव अधिकार समूह बाणगंगाले कात्तिक १९ गते इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधीलाई सहयोगका लागि सिफारिस गरेको थियो ।

मानव अधिकार समूह बाणगंगाको सिफारिसको आधारमा पीडित बालिकालाई सहयोगका लागि इन्सेक जिल्ला प्रतिनिधिले इन्सेक लुम्बिनी प्रदेशको कार्यालय नेपालगंजलाई कात्तिक २५ गते सिफारिस गर्नु भएको थियो । उक्त सिफारिसको आधारमा मंसिर सात गते जिल्ला प्रतिनिधी पार्वती आचार्यले बाणगंगा नगरपालिका वडा नं. २ का अध्यक्ष र मानव अधिकार समूहका पदाधिकारीहरुको रोहबरमा पीडीत बालिकालाई रु. १० हजार रूपियाँ हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले वास्तविक पीडितको अवस्था र समस्या पहिचान गरी बालिकालाई आर्थिक सहयोग गरेकोमा सिफारिस गर्ने मानव अधिकार समूह बाणगंगा र आर्थिक सहयोग गर्ने इन्सेकलाई धन्यवाद दिनुभयो ।

यस्ता पुण्यका कार्यहरुलाई इन्सेकले आगामी दिनहरुमा निरन्तरता दिने छ भन्ने बिषयमा आफू बिश्वस्त रहेको बताउँदै वडाबाट हुने सहयोगमा आफू प्रतिवद्ध रहेको बताउनु भयो । साथै बालिकाको शिक्षालाई निरन्तरता दिनकालागि पहल गर्ने बताउनु भयो ।

यस्तै मानव अधिकार समूह बाणगंगाका अध्यक्ष इन्दीरा पन्त र समूहका सदस्य जयराज खनालले पीडितका समस्याहरुलाई पहिचान गरी समस्या समाधानका लागि सदैव लागिपर्ने प्रतिवद्धता जनाउनु भयो ।

आर्थिक सहयोग लिंदै पीडीत बालिका र उनकी आमाले आर्थिक अवस्थाबारे जानकारी लिई आर्थिक सहयोग गरेकोमा इन्सेकलाई धन्वयाद दिएका छन् । इन्सेकको यस्तो सहयोग सधैभरी पाईरहने अपेक्षा बालिका र उनकी आमाले गरेका छन् । पीडित भएसंगै वालिका शिक्षाको अधिकारबाट समेत बञ्चित भएकी छन् ।