रुपन्देही–२ ‘क’ बाट लिला गिरी बिजयी

मेचीकाली संवाददाता

८ मंसिर २०७९, बिहीबार
273 shares

बुटवल । प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देहीको क्षेत्र नम्बर २ (क) बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दिर्घ बहादुर केसीलाई २ हजार ६३४ मतान्तरले पराजित गरेका हुन् ।

प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गरी विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले १४ हजार ९९८ मत पाएका छन् । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।