प्युठानमा एमालेका सूर्य थापा विजयी

मेचीकाली संवाददाता

८ मंसिर २०७९, बिहीबार
341 shares

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा विजयी भएका छन् । उनले सत्ता गठबन्धनककी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । पौडेलले २०७४ मा कांग्रेस नेता डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो ।