अर्घाखाँचीमा एमालेको क्लिनस्वीप, टोपबहादुर रायमाझी विजयी

मेचीकाली संवाददाता

८ मंसिर २०७९, बिहीबार
222 shares

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई १ हजार ७३० मतान्तरले पराजित गरेका हुन् । रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा पूर्व उपसभामुखसमेत रहेकी भुसालले ४० हजार ९४५ मत पाएकी छन् ।

प्रदेशसभामा आचार्य र घिमिरे विजयी
प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजीप्रसाद घिमिरे विजयी भएका छन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७४० मतान्तरले पराजित गरेका हुन् ।

आचार्यले २० हजार ५१८ मत ल्याएर विजयी हुँदा केसीले १९ हजार ७७८ मत प्राएका छन् । २०७४ को चुनावमा पनि वाम गठबन्धनबाट आचार्य सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी लुम्बिनी सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।

यसैगरी प्रदेश सभा २ मा ८०१ को मतान्तरले घिमिरे विजयी भएका छन् । घिमिरेले २२ हजार ७७६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९७५ मत पाएका छन् ।