दाङ–२ मा शंकर पोखरेललाई पराजित गर्दै रेखा शर्मा विजयी

मेचीकाली संवाददाता

८ मंसिर २०७९, बिहीबार
230 shares

बुटवल । दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले एमाले महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् ।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । २०७० को निर्वाचनमा दाङबाट पराजित भएका उनि २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट प्रदेश सांसदमा विजयी भएका थिए ।