रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

मेचीकाली संवाददाता

९ मंसिर २०७९, शुक्रबार
393 shares

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन् । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गरेका हुन् ।

पौडेलले २७ हजार १७४ ल्याएर विजयी हुँदा गणेशले २५ हजार ७८१ मत पाएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे । थापाले २२ हजार ८ मत ल्याए । थापालाई सत्ता गठबन्धनको समर्थन थियो ।

विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जीत हो । उनले २०६४ तत्कालिन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, २०७० मा तत्कालिन माओवादीकै नेता डा. बाबुरा भटराई, २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए । यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको थियो ।

रुपन्देही २ सँगै क्षेत्र नम्बर ५ बाट पनि एमालेका बाशुदेव घिमिरेले जितेका छन् । भने, क्षेत्र नम्बर १ बाट सचिव छविलाल विश्वकर्मा जित नजिक छन् ।