रुपन्देही १ मा एमालेका छविलाल बिश्वकर्मा विजयी

मेचीकाली संवाददाता

९ मंसिर २०७९, शुक्रबार
207 shares

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले ३ हजार ४८८ मत प्राप्त गरेका छन् ।