लैगिंक हिंसाबिरुद्धको १६ दिने अभियानको दिप प्रज्वलन गरी उद्घाटन

मेचीकाली संवाददाता

९ मंसिर २०७९, शुक्रबार
239 shares

कपिलवस्तु । ‘सभ्य समाजको पहिचानः लैंगिंक हिंसा बिरुद्धको अभियान’ भन्ने मूलनाराका साथ लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान जिल्ला प्रशासन कार्यालय अगाडी दिप प्रज्वलन गरेर उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुको आयोजना तथा गैसस महासंघ कपिलवस्तुको समन्वयमा बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

दिप प्रज्वलन उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सभ्य समाज पहिचानका लागि कुनै पनि हिंसा नहुन दिन सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो । समाजमा बसोवास गर्ने बिभिन्न समुदायका नागरिकहरुको चेतनामा परिवर्तन गर्न सके लैगिंक हिंसा स्वत घट्दै जाने प्रजिअले बताउनु भयो ।

यसैगरी गैर सरकारी महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले २५ नोभेम्वर देखि डिसेम्बर १० सम्म संचालन गरिने अभियानको शुरुवात दिप प्रज्वलन गरि शुभारम्भ गरिएको बताउनु भयो । १६ दिन सम्म स्थानियतहहरुमा बिभिन्न्न सचेतना मूलक अभियानहरु संचालन गरिने र ११ डिसेम्बरमा भव्य रुपमा जिल्ला स्तरिय कार्यक्रम गरी १६ दिने अभियानको समापन गरिने लक्ष रहेको बताउनु भयो । कुनै पनि नागरिकहरुलाई बिभिन्न प्रकारका हिंसाहरुबाट पीडित हुन नपरोस भन्ने सबैको उद्देश्य एउटै रहेको श्रीवास्तवले बताउनु भयो ।

सो कार्यक्रममा कपिलवस्तु नगरपालिका, युएनएफपीए, माहुरी होम, ओरेक नेपाल, इन्सेक, किशोरी अधिकार मञ्च, कालिका स्वावलम्बन सामाजिक केन्द्र, साथी संस्था, दलित सामाजिक बिकास केन्द्र, दलित महिला संघ, लिडो नेपाल, सिद्धार्थ सामाजिक बिकास केन्द्र, सामुदायिक प्रहरी, लुम्बिनी आपांगता समाज, नवजिवन संस्था, सनसाईन, ईन्द्रेणी, नेपाल पत्रकार महासंघ लगाएतका बिभिन्न संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय अधिकारी भुमिराज पोखरेलको अध्यक्षता तथा ओरेक नेपालका संगिता चौरासियाको संचालनमा १६ दिने अभियानको शुभारम्भ गरिएको छ ।