जय महाकाल युवा समूहद्धारा कैलाश आश्रम धाममा सरसफाइ

मेचीकाली संवाददाता

१० मंसिर २०७९, शनिबार
285 shares

कपिलवस्तु, मंसिर १० (मेसस) । जय महाकाल युवा समूह सैनामैना र बाणगंगा उपशाखाको संयुक्त आयोजनामा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित कैलाशधाम नन्दनगरमा सरसफाइ गरिएको छ ।

कैलाश आश्रममा मंसिर ११ देखि १९ गतेसम्म हुने श्रीमद, भागवतमहापुरण कथा प्रवचन, श्री वराहपुराण अनुष्ठान २८ औं धनधान्याचाल ज्ञान–महायज्ञ आश्रम परिसरभित्र सरसफाइ तथा पूर्वतयारीका काममा समूहले सहयोग गरेको हो ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य रवि आचार्य, बाणगङ्गा उपशाखा संयोजक भोलाराज पौडेल, उपाध्यक्ष जानका पोख्रेललगायतको सहभगिता रहेको थियो ।

साथै उपशाखा बाणगंगाले सो अवसरमा कार्तिक १२ गते अध्यक्ष तोरबहादुर केसीको मृत्यु भएकाले रिक्त रहेको उक्त पदमा रूपा लामालाई नियुक्त गरिएको छ । केसीकी श्रीमती पुतला केसीलाई सदस्य पदमा मनोनित गरिएको जय महाकाल युवा समूह उपशाखा बाणगंगाले जनाएको छ ।