गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

मेचीकाली संवाददाता

१२ मंसिर २०७९, सोमबार
440 shares

गुल्मी । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको हो ।

पहिलो एमाले, दोस्रो कांग्रेस, चौथो माओवादी केन्द्र, पाँचौ एकीकृत समाजवादी र छौठौँ दल राष्ट्रिय जनमोर्चा बनेको छ । एमालेले क्षेत्र नम्बर१ मा २८ हजार ४५३ र २ मा २५ हजार १३० गरी कुल ५३ हजार ५८३ मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसले क्षेत्र नम्बर १ मा २३ हजार ४१३ र २ मा १८ हजार ४५१ गरी ४१ हजार ८६४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा आठ हजार ११६ र क्षेत्र नम्बर २ मा चार हजार २६३ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर १ मा छ हजार २५० र क्षेत्र नम्बर २ मा पाँच हजार ४३७ गरी कुल ११ हजार ६८७, नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर १ मा २५६ र क्षेत्र नम्बर २ मा दुई हजार ४७० गरी कुल दुई हजार ७२६ र राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ मा एक हजार २२४ र दुईमा ५३२ गरी कुल एक हजार ७५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा कुल एक लाख १९ हजार २२८ मतदाता रहेकोमा ७१ हजार ४५८ मत खसेको थियो । जसमा ६९ हजार ५५७ मत सदर भएको थियो भने एक हजार ९०१ मत बदर भएको थियो ।

त्यसैगरी, क्षेत्र नम्बर २ मा एक लाख चार हजार ३२७ मतदाता रहेकोमा ५८ हजार ३५० मत खसेको थियो । जसमा ५५ हजार ५५० मत सदर भएको थियो भने दुई हजार आठ सय मत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।